नेपालमा २०६२/०६३ को जनआन्दोलनपश्चात् स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र विश्वको अग्रगामी शासन प्रणाली हो । यसले बहुदलीय प्रतिस्पर्धा, जनताको सार्वभौमिकता, मानव अधिकारको सम्मान, विधिको शासन, समावेशी र समानता जस्ता लोकतान्त्रिक मूल्यमान्यताको प्रत्याभूति गर्दछ । यस प्रणालीको विकल्प खोज्ने प्रायः पश्चगमनका अनुयायी हुने खतरा रहन्छ । किनकि यसले जनतालाई राज्यसत्तामा प्रत्यक्ष सहभागी गराउँदै उनीहरूको अधिकारको सुनिश्चितता गर्दछ । यस प्रणालीको सफल कार्यान्वयनमा संसद्को भूमिका महत्वपूर्ण छ ।
संसद् जनताको विश्वासको प्रतीक हो । यसले सरकार निर्माण, सञ्चालन र नियन्त्रण गर्ने प्रमुख थलोको रूपमा कार्य गर्दछ । जनताले प्रत्यक्ष निर्वाचित गरेका सांसदहरूले जनताको आकांक्षालाई प्रतिबिम्बित गर्दै राष्ट्रिय नीति निर्माण र सरकारको कामकारबाहीमा प्रभावकारी भूमिका खेल्दछन् । बहुमत प्राप्त दलले सरकार गठन गर्ने र सञ्चालन गर्ने जिम्मेवारी वहन गर्दछ भने विपक्षी दलले सरकारको कामकारबाहीमाथि प्रभावकारी निगरानी राख्दै सुझाव र सल्लाह प्रदान गर्ने भूमिका खेल्दछन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन संसद्, सरकार, र जनताबीच सहकार्य आवश्यक छ । सबै राजनीतिक दल, जनप्रतिनिधिले आफ्नो जिम्मेवारी इमानदार तरिकाले निर्वाह गरेमा नेपालको लोकतान्त्रिक व्यवस्था थप प्रभावकारी बन्नेछ । यो व्यवस्था मात्र नेपालको राजनीतिक स्थायित्व र विकासको आधार बन्नसक्छ ।
विपक्षी दलको भूमिका केवल सरकारको विरोधमा मात्र सीमित हुनुहुँदैन । विकास र समृद्धिका मुद्दामा सरकारलाई सहयोग गर्दै स्वस्थ प्रतिस्पर्धा र सहकार्यको वातावरण सिर्जना गर्नु आवश्यक छ । लोकतन्त्रलाई थप सुदृढ बनाउँदै राष्ट्रिय हितलाई प्रवद्र्धन गर्दछ । बहुमत प्राप्त दललेसमेत विपक्षी दलको रचनात्मक सुझावलाई ग्रहण गर्दै राष्ट्रिय हितलाई सर्वोपरि राखी कार्यान्वयन गर्नुपर्दछ । बहुमत नजुट्ने अवस्थामा विभिन्न दलबीच साझा न्यूनतम कार्यक्रम तय गरी सहमतिको आधारमा सरकार सञ्चालन गर्न सकिन्छ । यसले राष्ट्रिय एकता र सहकार्यलाई प्रवद्र्धन गर्दछ ।
संसद्को प्रभावकारी भूमिकाका लागि जनप्रतिनिधिको सक्रिय सहभागिता अनिवार्य छ । जनताले आफ्ना प्रतिनिधिको आवाज संसद्मा सुन्न पाउनुपर्दछ । जनताका समस्या र गुनासोलाई संसद्मा प्रभावकारी रूपमा उठाउनु र समाधानका लागि पहल गर्नु सांसदहरूको दायित्व हो । सरकारले संसद्लाई बेवास्ता गरी अध्यादेशमार्फत् महत्वपूर्ण निर्णय गर्ने प्रवृत्तिले लोकतन्त्रको मर्ममाथि प्रहार गर्दछ । संसद्लाई छल्ने यस्ता कदमलाई निरुत्साहित गर्नु जरुरी छ । संसद्लाई संविधान प्रदत्त महत्पूर्ण अधिकार छन् । कानुन निर्माण, संशोधन र संवैधानिक परिवर्तन गर्ने अधिकार राख्दछ । प्रधानन्यायाधीशदेखि संवैधानिक निकायका प्रमुखको नियुक्ति र हटाउने अधिकार संसद्सँग निहित छ ।
संसदीय समितिहरूले सरकारको कामकारबाहीमाथि निगरानी राख्दै सल्लाह र सुझाव प्रदान गर्ने भूमिका खेल्दछन् । सार्वजनिक लेखा समिति जस्ता समितिको निष्पक्ष र प्रभावकारी भूमिकालाई विश्वव्यापी रूपमा प्रशंसा गरिएको छ । यी समितिहरूले जनताको सरोकारका विषयमा गहन अध्ययन, अनुसन्धान गरी सरकारलाई सुझाव प्रदान गर्दछन् । समितिमा सांसदहरूले पार्टी हिृवपबाट स्वतन्त्र भई स्वविवेक प्रयोग गर्न पाउनुपर्दछ । समितिका बैठकहरू पारदर्शी रूपमा सञ्चालन हुनुपर्दछ, निर्णय प्रक्रियामा सभापतिको भूमिका निष्पक्ष हुनुपर्दछ ।
संसदीय समितिका सभापतिहरूको छनोटमा योग्यता, क्षमता र निष्पक्षतालाई प्राथमिकता दिनुपर्दछ । अनुभवी र प्रभावकारी नेतृत्व प्रदान गर्नसक्ने व्यक्तिलाई मात्र जिम्मेवारी प्रदान गरिनुपर्दछ । यसले संसदीय प्रक्रियालाई थप मजबुत बनाउँदै जनताको विश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउँछ ।
संसद्मा सांसदहरूको सक्रियता र सहभागिता सुनिश्चित गर्न आवश्यक छ । सांसदहरूलाई उत्प्रेरित गर्ने कार्यसूची तय गरी उनीहरूलाई जिम्मेवारी प्रदान गरिनुपर्दछ । संसद्मा हुने बहस र निर्णय प्रक्रियामा सबै सांसदहरूको समान सहभागिता सुनिश्चित गर्नुपर्दछ । यसले संसद्लाई थप प्रभावकारी र जवाफदेही बनाउँछ । सरकार र विपक्षी दलबीच विकासका मुद्दामा साझा दृष्टिकोण निर्माण गरी राष्ट्रिय हितलाई सर्वोपरि राख्दै, नियमित संवाद र छलफल हुनु पर्दछ ।
संसद् लोकतन्त्रको मेरुदण्ड हो । यो संस्थाले सरकार बनाउने, नीतिहरू निर्माण गर्ने, जनताका समस्या समाधान गर्ने मुख्य भूमिका खेल्दछ । संसद्ले सरकारको उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण काम गर्छ । संसद्को प्रभावकारी सञ्चालनका लागि जनप्रतिनिधिको सक्रिय सहभागिता अनिवार्य छ ।
स्वच्छ, स्वस्थ, र निष्पक्ष चुनाव प्रक्रियाले लोकतन्त्रलाई सुदृढ बनाउँछ । जातिवाद, क्षेत्रवाद, धनबलको प्रयोगलाई निरुत्साहित गरी स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय चुनाव सम्पन्न गर्न निर्वाचन आयोगलाई थप सशक्त बनाउनु आवश्यक छ । सञ्चारमाध्यमले संसद्मा भएका बहस, छलफल, र निर्णयहरूको जानकारी जनतासम्म पुर्याउने महत्वपूर्ण भूमिका खेल्दछ । रेडियो, टेलिभिजन, र डिजिटल मिडियाको प्रभावकारी प्रयोग गरी जनतालाई संसद्को कामकारबाहीबारे जानकारी गराउनुपर्दछ । यसले जनतालाई संसद्प्रति थप विश्वस्त बनाउँछ । संघीय लोकतान्त्रिक प्रणालीको विशेषता भनेको सबै नागरिकलाई समान रूपमा अधिकार प्रदान गर्नु हो । संघीयता लागू भएदेखि स्थानीय तहहरूको सशक्तीकरणले ग्रामीण क्षेत्रहरूको विकासमा गति प्रदान गरेको छ ।
संघीय लोकतान्त्रिक प्रणालीले जातीय, भाषिक र क्षेत्रीय विविधतालाई सम्मान गर्दछ । संसद् लोकतन्त्रको मेरुदण्ड हो । यो संस्थाले सरकार बनाउने, नीति निर्माण, जनताका समस्या समाधानमा भूमिका खेल्दछ । लोकतन्त्रमा सशक्त विपक्षीको उपस्थिति अनिवार्य छ । विपक्षीले सरकारको गतिविधिलाई निगरानी गर्ने, कमजोरी औंल्याउने र आवश्यकताअनुसार सुधारका उपाय सुझाउने भूमिका निर्वाह गर्नुपर्छ । निरन्तर विरोध गर्ने भन्दा पनि विकासका मुद्दामा सहकार्य गर्नसक्ने विपक्षी दल लोकतन्त्रको मजबुत आधार हो ।
सशक्त विपक्षीले सरकारलाई जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । संसद्मा विपक्षीले तर्कसंगत र तथ्यमा आधारित आलोचना गर्नुपर्छ । यसले सरकारलाई आफ्नो कामप्रति सजग बनाउँछ । साथै, सरकार र विपक्षीबीचको स्वस्थ संवादले लोकतन्त्रलाई थप सुदृढ बनाउँछ । संसदीय समितिले सरकारका कामको समीक्षा, अनियमिततालाई नियन्त्रण, र प्रभावकारी नीति निर्माणमा सहयोग पु¥याउने कार्य गर्दछ । विशेषगरी सार्वजनिक लेखा समिति जस्ता निकायको उत्तरदायित्व महत्वपूर्ण हुन्छ । । संसदीय समितिहरूले जनताका समस्या समाधान गर्न विशेषज्ञको सल्लाह लिने र सरकारलाई सुझाव दिनुपर्ने हुन्छ ।
लोकतन्त्रको सुदृढीकरणमा महिला र युवा वर्गको सक्रिय सहभागिता आवश्यक छ । संसद्मा महिला र युवाहरूको प्रतिनिधित्वले सबै वर्ग र समुदायको आवाजलाई समेट्न मद्दत गर्दछ । महिला सहभागिता बिना लोकतन्त्र पूर्ण हुन सक्दैन । महिलाको उपस्थिति संसद्मा मात्र होइन, नीति निर्माणका हरेक तहमा अनिवार्य बनाउनुपर्छ ।
नेपालले अन्य देशका सफल संसदीय अभ्यासबाट शिक्षा लिन सक्नुपर्छ । ती अभ्यासलाई नेपालको सन्दर्भमा लागू गरी सुधारात्मक उपाय अवलम्बन गर्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासहरूको तुलनात्मक अध्ययन गरेर तिनलाई नेपालको वास्तविकतासँग मिलाउन सकिन्छ । लोकतन्त्रको सफलताका लागि सरकार, संसद्, र जनताको भूमिका समान रूपमा महत्वपूर्ण छ । संघीयता र लोकतन्त्रलाई सुदृढ बनाएरमात्र नेपालले दिगो विकास र समृद्धिको यात्रा तय गर्न सक्छ । (लेखक डा.उपाध्याय विश्वर्कीतिमानी व्यक्तित्व हुनुहुन्छ ।)







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर