काठमाडाैं । नेपालमा औसतमा हरेक दिन छ जना महिलाहरूलाई पाठेघरको मुखको क्यान्सर हुन्छ र चारजना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने तथ्यांक छ ।
पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा नरहने अवस्थामा पुर्याउन नेपाल सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तिमा ९०% किशोरीहरूलाई एच.पि.भी. खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तिमा १०% महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने, र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तिमा १०% महिलाहरूको उपचार गर्ने रहेको छ।
एच.पि.भी. खोप लगाएमा यो रोगबाट सुरक्षित हुन सकिन्छ र यो खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुन्छ। यस सन्दर्भमा, प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउनेछ ।
त्यसैले, यो वर्ष देशव्यापी रूपमा एच.पि.भी. खोप अभियान सञ्चालन गरिदैछ । यस अभियानमा कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई एच.पि.भी. खोप दिइन्छ ।
यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरीहरू अनुमान गरिएको छ ।
यो खोप अभियान २०८१ माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरी सञ्चालन हुनेछ र माघ २२ गते (विश्व "क्यान्सर दिवस" का दिन यो खोप अभियानको सुरुवात गरिनेछ ।
एच.पि.भी. खोप सेवालाई आगामी वर्ष देखि नियमित खोपको रुपमा प्रदान गरिनेछ जसमा विद्यालय जाने कक्षा ६ का छावाहरू र
विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक वर्ष एच.पि.भी. खोप दिइनेछ ।
एच.पि.भी. खोपको लागि लक्षित गरेका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकोले यो खोप सेवा पनि मुख्यतः विद्यालय केन्द्रित हुनेछ । तर विद्यालयहरूमा खोप सेवा सञ्चालनपछि स्वास्थ्य संस्था र माहा खोप केन्द्रहरूबाट पनि यो खोप प्रदान गरिन्छ ।
यो वर्ष सञ्जात्तन हुने एच.पि.भी. खोप अभियानमा १८ हजार ९०० विद्यालय र ८ हजार २०० खोप केन्द्रहरूवाट एच.पि.भी. खोप सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ, जसमा छोपदिने स्वास्थ्यकर्मीहरू करिव २७ हजार र स्वंसेवकहरू ५४ हजारभन्दा बढी परिचालन हुनेछन् ।
यो खोप अभियानको लागि १७ लाख ७० हजार ०२० मात्रा एच.पि.भी. खोप प्राप्त भएको छ। यो खोप प्रदेश तहमा पुर्याई सकिएको छ र अभियान सञ्चालन अगाडि स्वास्थ्य संस्थामा पुग्ने गरी खोप वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
यो खोप अभियानको लागि गाभीबाट सहयोग र नेपाल सरकारको सहलगानी रहेको छ । यसरी नै हरेक वर्ष नियमित खोप कार्यक्रममा एच.पि.भी. खोप समावेश गरी दीगो रुपमा खोप दिने लक्ष नेपाल सरकारको रहेको छ ।
एच.पि.भी. खोप सुरक्षित र प्रभावकारी छ। नेपालमा खरिद-आपूर्ति गरिने एच.पि.भी. खोप विश्व स्वास्थ्य संगठनले गुणस्तरयुक्त प्रमाणित खोप हो र नेपालमा खोप संचालन गर्नको लागि औषधी व्यवस्था विभागले समेत अनुमती प्रदान गरेको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच