
एजेन्सी – इजरायलले हमासको नियन्त्रणमा नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको बताएको छ । द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ।
उक्त समाचारमा नाम भने उल्लेख गरिएको छैन् । तर हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुनुहुन्छ । युद्धविराम सहमति अनुसार आज हमास थप ८ जनालाई रिहा गर्दै छ । जसमा पाँच थाई नागरिक रहेका छन् ।
समाचारमा उल्लेख भएअनुसार हमासले आज रिहा गरिने ३ जनाको नाम मात्र सार्वजनिक भएको छ। जसमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेसको नाम छ । यसमा अन्य पाँच जना बन्धक पनि रिहा हुने बताइएको छ । आज रिहा हुनेको सूचीमा नेपालीको नाम नरहेको इजरायलले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच