जनकपुरधाम । मधेस प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शितलहरका कारण जनजीवन प्रभावित बनेको छ ।
एकाएक चलेको चिसो हावा र गतराती शितको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो । अत्याधिक चिसो र घाम अभावका कारण ग्रामिण जनजिवन ठप्प छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेसको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुलने गरेको स्थानीयहरु बताउँछन् ।
चिसोबाट गरिव विपन्नहरुलाई धेरै समस्या भैरहेकाे छ । अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ । केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु/कुहिरोका कारण जनकपुरमा विमानहरुले उडान भर्न सकेको छैन ।
स्थानियहरु आगो तापेर तथा ग्रामिन भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोमा पोल्ने दुर्घटनाको पनि जोखिम छ ।







‘हुलास डे २०२६’ मा सामुदायिक
प्रस्तावित दूरसञ्चार ऐनको अवधारणा पत्र
केयू-सिकागो विश्वविद्यालयको सहकार्यमा अन्तर्राष्ट्रिय अनुवाद
न्यायपालिकाको स्वतन्त्रता संकटमा
रास्वपामा चिसिँदो सम्बन्ध, सल्किँदो आगो
राशिफल २२ साउन, वृष :