‘भोटमा नेपाली : पहिचान र पराक्रम’ इतिहासको पुस्तक हो । यो नितान्त तथ्यमूलक मात्र नभएर खोजमूलक इतिहासको पुस्तक हो । यसका लेखक प्राडा.तीर्थप्रसाद मिश्र हुनुहुन्छ । यस पुस्तकको प्रकाशक श्रीमती पुष्पा मिश्र रहनुभएको छ भने संयोजक मिलिजुली प्रकाशन समूह रहेको पाइन्छ । विसं.२०७९ सालमा प्रकाशित भएको यस पुस्तकको यो पहिलो संस्करण हो र पहिलो संस्करणमा यो पुस्तक १००० प्रति छापिएको जनाइएको छ । यसको सर्वाधिकार लेखकमै रहेको छ भने मुख्य वितरक पशुपति पुस्तक भण्डार पुरानो बानेश्वर काठमाडौं रहेको छ । डिएमआई आकारको यस पुस्तकको छपाइ स्तरीय छ तर अशुद्धिहरू भने भेटिन्छन् ।
पुस्तकमा पहेँलो तौलयुत्त, कागज प्रयोग भएको छ । यस पुस्तकमा भूमिका खण्डमा ६ र पाठ्यखण्डमा २२६ गरी जम्मा २३२ पृष्ठ रहेका छन् । यसको मूल्य ५०० रुपैयाँ राखिएको छ । पुस्तकको मुद्रण तथा लेआउट क्लासी प्रिन्टिङ प्रेस राधे राधे भक्तपुर छ । पुस्तकको आवरण सुन्दर छ नीलो आकाशको पृष्ठभूमिमा माथि तिब्बतको दलै लामाको पोटला दरबार छ भने बीचमा खैरो पहेँलो रंगको बीचमा पारेर ठूला राता अक्षरमा पुस्तकको शीर्षक दिइएको छ । त्यहीँ नेपाली राजकुमारी भृकुटी जसलाई तत्कालीन तिब्ब्तमा हरिततारा पनि भन्ने गरिन्थ्यो उनकै तस्वीर राखिएको छ । तल साना अक्षरमा लेखकको नाम दिइएको छ ।
यो पुस्तक पठनीय छ । प्राडा.मिश्र इतिहासकै विद्यार्थी भएका कारण पनि नेपाल भोट सम्बन्धबारे जान्न चाहनेहरूका लागि यो पुस्तक अझै पठनीय र सङ्ग्रहणीयसमेत छ । यो पुस्तक उच्च बौद्धिक र प्राज्ञिक महत्वको छ । यस पुस्तकका लागि प्राडा.मिश्रलाई बधाई तथा पुस्तकको सफलताको कामना ।
पुस्तकको पृष्ठआवरणमा फोटोसहित लेखक मिश्रको समग्रमा परिचय गराइएको छ यहाँ दिइएको विवरणको अध्ययनबाट प्राडा.मिश्रबारे जान्न, बुझ्न र अनुसन्धान गर्न चाहनेहरूका लागि सहायक सिद्ध हुन सक्छ । यो पुस्तक उहाँले आफ्ना गुरुद्वय पाडा.त्रिरत्न मानन्धर तथा हेमन्तशमशेर जबराप्रति ससम्मान समर्पण गर्नुभएको छ । त्यसपछि भूमिका खण्डमा लेखकले ‘दुई शब्द’ शीर्षकमा आफ्नो भनाइ राख्नुभएको छ । यसबाहेक अन्य कसैबाट भूमिका लेखाइएको छैन । यसपछि विषयसूची छ जसबाट यसको स्वरूप थाहा पाउन सकिन्छ । यो पुस्तक ६ अध्यायमा विभाजित छ ।
पहिलो अध्यायमा नेपाल-भोट सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, दोस्रो अध्यायमा भोटमा रहेका नेपाली, तेस्रोमा भोटमा रहेका नेपालीका अड्डाहरू, चौथो अध्यायमा भोटमा नेपालले पाएका सुविधा, पाँचौँ अध्यायमा भोटका नेपालीप्रतिको दृष्टिकोण र अन्तिम छैटौं अध्यायमा उपसंहार छ । पुस्तको अन्तिममा सन्दर्भ सामग्री दिइएका छन् । नेपाली र अङ्ग्रेजीका हस्तलिखित सामग्रीले मात्र पुस्तकको ७५ पृष्ठ ओगटेका छन् जसले गर्दा लेखक मिश्रको ठूलो मिहिनेत र गहिरो अध्ययनबाट यो पुस्तक लेखिएको छ भन्ने कुरामा कुनै द्विविधा छैन । लेखक उच्च प्राज्ञिक व्यक्तित्व भएका कारणले यो पुस्तक गहन खोजको परिणाम हो भन्न सकिन्छ ।
भोट नेपालको तत्कालीन छिमेकी राष्ट्र हो जुन हाल चीनको स्वशासित क्षेत्र हो । छिमेकी भएका नाताले तत्कालीन नेपाल-भोटबीच अन्य सम्बन्धका साथै व्यापारिक सम्बन्ध पनि थियो । हिमाल पार गरेर आउजाउ गर्नुपरे पनि नेपालीहरू भोटमा व्यापार गर्न जाने गर्थे । यसो गर्दा भोटका मानिस र नेपालका मानिसबीच रक्तसम्बन्धसमेत स्थापित बनेको थियो । यससम्बन्धी अधिकारको कानुनी व्यवस्था पनि तिब्बतले गरेको थियो । टकमा खिया लागेको र घर्षणबाट टकका चिहृन र अक्षर नबुझिएको विषय विवादित बन्दै जाँदा नेपाल भोटको सम्बन्ध बिग्रिन गई युद्ध पनि भएको थियो । यी समग्र आर्थिक, कूटनीतिक, व्यापारिक सम्बन्धको विहंगम अध्ययनबाट प्राडा.तीर्थप्रसाद मिश्रले यो पुस्तक तयार पार्नुभएको हो ।
यस क्रममा उहाँले नेपालको परराष्ट्र मन्त्रालय, नेपाल र भारतका पुस्तकालयमा गएर समेत अध्ययन गर्नुभएको कुरा उहाँले यही पुस्तकको भूमिकामा उल्लेख गर्नुभएको छ । यो पुस्तक पठनीय छ । उहाँ इतिहासकै विद्यार्थी र त्यसमा पनि नेपाल भोट सम्बन्धबारे जान्न चाहनेहरूका लागि यो पुस्तक अझै पठनीय र सङ्ग्रहणीयसमेत छ । यो पुस्तक उच्च बौद्धिक र प्राज्ञिक महत्वको छ । यस पुस्तकका लागि प्राडा.मिश्रलाई बधाई तथा पुस्तकको सफलताको समेत कामना छ । यसका साथै उहाँबाट यस प्रकारका अन्य पुस्तकहरू पनि आइरहून् भन्दै उहाँलाई अग्रीम शुभकामना ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर