
खोटाङ । खोटाङमा दुईजना बेसाहारा महिलाहरुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयको सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले खाल्लेकी टिकामाया सार्की र बुईपाकी मनमाया फुयलको उद्धार गरेको हो ।
७२ वर्षीया सार्की विगत एक महिनादेखि जिल्ला अस्पताल दिक्तेलमा उपचाररत हुनुहुन्थ्यो। उहाँलाई अस्पतालले डिस्चार्ज गरे पनि उहाँ आफन्त विहिन बेसाहारा भएकाले अस्पतालले नै अभिभावकत्व ग्रहण गरी संरक्षण गरिरहेको थियो।
५१ वर्षीया फुयल १५ वर्षदेखि मानसिक समस्याबाट ग्रस्त रहेर आफन्त र परिवार विहीन भई हाल माईती भदाहाको घरमा आश्रय लिई बस्नु भएको थियो । तर, माईतीको आर्थिक अवस्था अति कमजोर हुँदा परिवारले समेत छोड्दा मानसिक रोगको उपचारको अभावमा अत्याधिक कष्टकर जीवन विताउँदै आउनु भएको थियो ।
उहाँहरु दुवैजनाको उद्धार गरेर शनिबार मानव आश्रम विराटनगर पठाईएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो ।
नगरपालिकाले यसअघि पनि सडकपेटीमा जीवन विताईरहेका दुईजनाको उद्धार गरेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ देखि बेसाहारा मानवहरुको संरक्षण र सेवा कार्यलाई अझ प्रभावकारी बनाउन नीति निर्माण, वजेट विनियोजन र कार्यान्वयन गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच