
पछिल्लो समयकी व्यस्त मेकअप आर्टिष्ट हुनुहुन्छ निजन राई । उहाँले धेरै कलाकार/अभिनेत्रीहरूलाई चिटिक्क पार्नुभएको छ । पूजा शर्मा, वर्षा राउत, रिमा विश्वकर्मा, अञ्जलि अधिकारीदेखि बहुचर्चित गायिकाहरू इन्दिरा जोशी र मेलिना राईसम्मका सुन्दरीहरूलाई अझै सुन्दरी बनाएर उहाँले चर्चा बटुल्न सफल हुनुभएको छ । आफ्नो कार्यकौशल देखाएर नै कलाको जगतमा छाउनु भएकी निजन लगनशीलता र मिहिनेतका कारण नै विभिन्न रियलिटी शोदेखि चलचित्र र संगीत भिडियोहरूमा पहिलो रोजाइमा पर्नुहुन्छ । आफ्ना मेकअप ब्रसहरूले विभिन्न कलाकारको अनुहारमा चमक ल्याउनमा उहाँ व्यस्त हुनुहुन्छ । करिब एक दशकदेखि निरन्तर यो क्षेत्रमा रहनुभएकी उहाँ आफ्ना काममा पोख्त हुनुहुन्छ । आफ्नो काममा अब्लका साथै सहज, सरल र मिलनसार मेकअप आर्टिष्ट निजन राईसँग हिमालय टाइसम्का लागि चूडामणि कोइरालाले गर्नुभएको संवादको संक्षिप्त अशंः-
कसरी आउनुभयो यो क्षेत्रमा ?
यो क्षेत्रमा मेरो अलिक बढी रुचि थियो । एसएलसी दिएर बसेको समयमा यस सम्बन्धी अध्ययन गर्ने सोच बनाए । अनि यो क्षेत्रमा आए ।
करिअरको रूपमा सौन्दर्यको क्षेत्र नै किन रोज्नुभयो ?
माथि पनि भने मेरो रुचिको क्षेत्र थियो यो । सानैदेखि बढी नै रुचि भएका कारणले गर्दा पनि मैले यही क्षेत्रलाई रोजे । यस सम्बन्धी अध्ययन गरे, सबै बुझे अनि लागे ।
कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
म यस्तै २०१३ देखि निरन्तर छु ।
यस सम्बन्धित प्रशिक्षण पनि लिनुभयो कि ?
लिए, अध्ययन गरे । ल्यसेस् मेकप स्टुडियो लाजिम्पाटबाट प्रशिक्षण लिए ।
मेकप के हो ?
मेकप सेल्फ कन्फिडेन्स हो जस्तो लाग्छ मलाई ।
मेकअप गर्दा कस्ता कुरामा बढी ध्यान दिनुपर्छ ?
मेकप गर्दा स्किन टेक्सरस, स्किन कलर र कस्तो प्रोडक युज गरिरहनु भएको छ, स्किनलाई सुट भएको छ÷छैन त्यसमा बढी ध्यान दिनुपर्छ । धेरै मेकअप अनुहारमा दाग, धब्बा भएकाहरूले फाउण्डेशन र कन्सिलरको प्रयोग ज्यादा गर्ने गर्छन् । तर, यसको प्रयोग गर्दा ध्यानपूर्वक गर्नुपर्छ । अत्याधिक मात्रामा कन्सिलर र फाउण्डेशनको प्रयोगले हाइलाइस्टलाई ब्रेकमात्र गर्दैन यसले गर्ने असरको उपचार पनि हुन एकदमै असहज छ । त्यसैले कुन कम्पनीको सामान प्रयोग गर्दै हुनुहुन्छ त्यसको बारेमा बुझेर उचित मात्रामा प्रयोग गर्नु अत्यावश्यक छ ।
मोस्चराइजर विना मेकअप धेरैजसो युवतीहरू अनुहार धोएर सिधै मेकअप गर्ने गर्छन् । जसले गर्दा मेकअप गरेपछि रुखोपन र मेकअप छुट्टिने समस्या हुन्छ । त्यसैले भद्दा मेकअप नदेखाउनका लागि अनुहार धोएपछि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।
छालामा रहेका मृत कोष्ठहरू नहटाई मेकअप गर्नुहुँदैन । दैनिक प्रयोग गरिने विभिन्न प्रकारका मेकअप प्रोडक्ट्सका कारण अनुहारको छालामा मरेका कोष्ठहरुको मात्रा धेरै हुन्छ । त्यसैले मेकअप गर्नुअघि छालामा भएका त्यस्ता मृत कोष्ठहरूलाई हटाएरमात्र मेकअप गर्न जरुरी हुन्छ ।
सुरुमा कसको मेकअप गर्नुभएको थियो याद छ ?
सुरुमा कसको गरेको भनेर त्यस्तो याद त छैन, तर सुरु-सुरुमा सेलिब्रेटी गरेको भनेको ऋचा शर्मा, करिश्मा मानन्धर, अभय सुब्बा, रिमा विश्वकर्मा लगायत हुनुहुन्छ ।
नेपालीहरूमा पछिल्लो समय सौन्दर्यचेत बढ्दै गएको पाइन्छ भन्ने गरिन्छ यहाँले कस्तो पाउनुभएको छ ?
हो, यहाँले भनेजस्तै हामी आफ्नौ सौन्दर्यप्रति सचेत हुँदै गएका छौं । सौन्दर्यचेत बढ्दै गएको छ । सबैको चाहना आफू सुन्दर नै होस् या सुन्दर देखियोस् भन्ने हुन्छ । फोटो, भिडियो रिल्स्को लागि भए पनि आफूलाई सबैले सुन्दर देखाउन चाहन्छन् । त्यस कारण पनि सौन्दर्यचेत बढ्दै गएको पाइन्छ ।
मेकअप कति प्रकारको हुन्छ
मेकप धेरै प्रकारका हुन्छन् जस्तै टिभी मेकप, मुभी मेकप, ब्राइडल मेकप, पाटी मेकप, हलोइन् मेकप यस्तै–यस्तै ।
यहाँले धेरै सेलिब्रेटीको मेकअप गर्नुभएको छ, अब कसको गर्ने मन छ ?
यहाँले भने जस्तै मैले धेरै सेलिब्रेटीको मेकप गरिसकेकी छु । अब मलाई मेकप गर्न मन लागेको चै हाम्रो अलि पुरानो सेलिब्रेटीहरूको जस्तै, मनिशा कोइराला, निरुता सिंह, विपना थापा ।
कुनै अविश्मरणीय क्षण ?
अविश्मरणीय क्षणमा नेपाल आइडलमा एज मेकप आर्टिष्ट काम गर्दा अडिशनका लागि धेरै जिल्ला जाँदा जर्ज, होस्टहरूसँगको एक महिनाको रमाइलो टुर ।
महिला भएकै कारणा कुनै समस्या ?
महिला भएकै कारण समस्या त छैन तर महिनावारी हुँदा सुटमा लेटनाइट समयमा काम हुँदा निकै गाह्रो हुन्छ ।
यो क्षेत्रका चुनौती के कस्ता रहेका छन् ?
यो क्षेत्रको चुनौती भनेको टे«ण्ड चेन्ज भइरहन्छ । टे«ण्ड अनुसार अपडेट भइरहनुपर्छ ।
एउटा सफल व्युटिसियन हुन के-कस्ता योग्यता र गुण आवश्यक पर्छन् ?
एउटा सफल मेकप आर्टिष्ट हुन पहिलो त मिहिनेत नै हो । तपाईंको काम कस्तो छ ? त्यसमा भर पर्छ । दोस्रो भनेको बोलिचाली हो । तपाईंले आफ्नो ग्राहकसँग कसरी डिल गर्नुहुन्छ त्यो महत्वपूर्ण हुन्छ ।
ब्युटिसियनले महसुस गर्ने सन्तुष्टि के-के हुन् ?
महसुस गर्ने सन्तुष्टि भनेको जुन आफूले गरेको काम ग्राहकले मन पराइदिनु हुन्छ र खुलेर कामको तारिफ गर्दिनुहुन्छ त्यो जस्तो सन्तुष्टि अरू केही हुन्न ।
आम्दानीको हिसाबले कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
नेपालमा काम गरेको हिसाबले त सन्तुष्ट हुन गाह्रो नै छ । तर, खुशी नै छु । जिन्दगी चलिरहेको छ । अरूको अगाडि हात फैलाउनु परेको छैन ।
यहाँले यो क्षेत्रमा विभिन्न सम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्नुभएको छ कस्तो लाग्छ फर्केर हेर्दा ?
यो क्षेत्रबाट मैले धेरै नै मान सम्मान र पुरस्कारहरू पाएको छु । खुशी लाग्छ सबैले प्रशंसा गर्दा । यो क्षेत्रमा याहाँसम्म आइपुग्दा सबैभन्दा ठूलो सम्मान र पुरस्कार भनेको मेरो लागि धेरै ठुलठूला कालाकारहरू चिन्ने मौका मिल्यो र मैले नचिन्ने मान्छेहरूले नि मलाई चिन्छन् । यही हो मेरो लागि ठूलो अवार्ड ।
यो क्षेत्रमा आउँदै गरेकालाई के भन्नुहुन्छ ?
यो क्षेत्रमा आँउदै गरेकाहरूलाई सिक्ने क्रममा हुनुहुन्छ भने राम्रो आर्टिष्टसँग सिक्नुहोस् र काम राम्रो भएपछि काम त पाइहाल्नु हुन्छ, नत्र आफैं स्टुडियो खोल्नुहोस् । आफ्नो ड्रिम्म के हो त्यसमा विश्वास गर्नुहोस् । सबै राम्रो हुन्छ यही भन्न चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच