संविधान संशोधनको बहस नै हुन छोड्यो : विमलेन्द्र निधी

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुर । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले अहिले संविधान संशोधनको बहस हुन छोडेको बताउनुभएको छ ।

शनिवार साँझ जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले सरकार बताउँदा ताका सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा राखेपनि अहिले छलफल नै हुन छोडेको उहाँको गुनासो थियो ।

उहाँले संविधान संशोधनको मुद्दालाई नेपाली काँग्रेसले बढी चासोका साथ अघि बढाइरहेको बताउनु भयो । नेता निधीले संविधान संशोधनको लागि दुई तिहाई आवश्यक रहेको भएपनि कानून निर्माण र संशोधनका लागि बहुमत भए पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान संशोधनको बहस नै भइरहेको छैन । नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा सात बुँदे जुन सहमति भयो, सत्ता गठबन्धनको लागि संविधान संशोधन गर्ने भनेर राखियो । त्यो कारणले अलिकति बढी चहलपहल ल्याएको छ । यो सेन्सेसनलाई क्यापिटलाइज नेपाली काँग्रेसले गरेको छ । संविधान संशोधनको लागि दुई तिहाई चाहिन्छ । कानून निर्माण र कानून संशोधनको लागि दुई तिहाई चाहिँदैन । संसदमा बहुमत भए पुग्छ ।’ 

नेता निधीले संविधान संशोधन र कानून निर्माण पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?