जुम्ला । जुम्लामा रहेको यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्ष २०८१।८२ को छ महिनाको अवधीमा रु ६७ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
नयाँ सवारी दर्ता, नविकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१।८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु ६७ लाख ४४ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख लोकबहादुर महतले जानकारी दिनुभयो ।
निमित्त कार्यालय प्रमुख महतका अनुसार चालु आवको छ महिनामा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार, चालक अनुमति पत्र (लाइसेन्स ), सवारीसाधन दर्ता किताब (ब्लु बुक) दस्तुर ३० लाख ३५ हजार रुपैयाँ र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै चालु आव को सो अबधीमा पुस मसान्तसम्म ११३ वटा सवारीसाधन दर्ता भएको निमित्त कार्यालय प्रमुख महतको भनाइ छ । कार्यालय स्थापनादेखी हालसम्म निजी र सरकारी सवारीसाधन गरी कुल तीन हजार दुईसय ३३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था कार्यालयल जुम्लाले जनाएको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच