
काठमाडौँ । राष्ट्रिय सभा सदस्य तथा पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्ने माग गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठकमा आइतबार सम्बोधन गर्ने क्रममा सांसद गौतमले वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताउनु भयो ।
देशलाई समाजवादतर्फ डोहोर्याउने दिशातर्फ सत्तापक्ष र प्रतिपक्ष कसैको ध्यान नपुगेको बताउँदै उहाँले नेपालमा समाजवादको संरचना निर्माण गर्न सकिने बताउनु भयो ।
समाजवाद निर्माण हुन नसकेको खण्डमा आफू मृत्युदण्ड पनि भोग्न तयार रहेको उहाँले बताउनु भयो। ‘म आफूलाई दाउमा राख्न चाहन्छु, मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस्, यति वर्षभित्र समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु । हाम्रो देशमा यहाँभन्दा अगाडि पुँजीवाद जान सक्दैन । यहाँभन्दा अगाडि जाने समाजवाद हो ।’ उहाँले भन्नुभयो ।
सांसद गौतमले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गर्नुभयो । वर्षमा १४ खर्ब रुपैयाँ खर्च गरेर समाजवाद ल्याउने आधार आफूसँग रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच