
काठमाडौं । राम धिमाल र सविता बस्नेतको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘बाबा आमा भगवान्’ सार्वजनिक भएको छ । चन्द्रमान तामाङको शब्द/संगीत, मनोहर सुनामको संगीत संयोजन र भोला पौडेलको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बाबा आमाप्रति छोराछोरीको कर्तव्य वयान गरिएको सन्देशमूलक भावको दाजु बहिनीको संवादको रुपमा प्रस्तुत गरिएको यो युगल गीतको भिडियो वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो । जसमा वीरेन्द्र भाट ‘विपिन’को सिनेमाटोग्राफी एवं सम्पादन छ ।
गीतले बाबु आमाप्रति छोराछोरीको कर्तव्य र जिम्मेवारीको गहिरो र मननीय सन्देश छरेको छ । गीतले संसारमा बाबु आमाभन्दा ठूला कोही पनि नभएको र जीवित छँदै तन मनले उनीहरूको सेवा गर्न प्रेरित गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच