
काठमाडौं । शहीद दिवसको अवसर पारेर केही दिनअघि राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालद्वारा नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलमा ‘जबजको सौन्दर्यशास्त्रीय विमर्श’ नामक ग्रन्थ लोकार्पण गरिएको छ । नेकपा(एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको विशेष आतिथ्यमा उक्त कृतिको लोकार्पण गरिएको थियो । सो अवसरमा देशभक्त क्रान्तिकारी, प्रगतिशील कलाकारले विशेष सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासंघका संयोजक प्रेमनाथ अधिकारी, ग्रन्थका परिकल्पनाकार तथा प्रधान सम्पादक आरसी न्यौपाने, सम्पादन मण्डलका प्राडा.ध्रुवकुमार घिमिरे, प्राडा.षडानन्द पौड्याल, डा.हरि सिलवाल, यशोदा अधिकारी, व्यवस्थापक अशोक राई, किशोर अनुराग, प्रकाश भट्टराई, रामप्रसाद अवस्थी, रूपक परियार, वितरक तथा प्रकाशकको रूपमा रहनुहुने तिलक अधिकारी एवं मकालु ग्रुपलगायत व्यक्तिहरू, प्राज्ञिक व्यक्तित्वहरू प्राडा.जीवेन्द्र देव गिरी, प्रा.केशव सुवेदी, प्रा.जगत प्रेक्षित उपाध्याय, राम विनय, प्राडा.देवी नेपाल, सुश्माराज भण्डारीलगायतका व्यक्तित्वले संयुक्तरूपमा उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
ग्रन्थको लोकार्पणपछि प्रधानसम्पादक न्यौपानेले पुस्तकको बारेमा परिचर्चा गर्नु भएको थियो । उक्त विशेष समारोहमा आकाश थापालगायतको टिमले ‘धर्तीलाई माया गर्नेहरू’ बोलको गीतबाट स्वागत गर्नुभएको थियो उहाँले कृतिको प्रकाशनको उद्देश्य, महासंघ तथा विद्वान व्यक्तित्वबाट प्राप्त भएको सहयोगसमेतका बारेमा प्रकाश पार्दै काम गर्दै जाँदा गहन कृति प्रकाशन गर्न सकिएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा शोभा थापाले देउडा गीत गाउनुभएको थियो भने जीतेन्द्र चौधरी, सूर्यमणि आचार्य, मनोज धामी, ओम श्रेष्ठ, माधव प्रधानले शहीदको सम्मानमा गीत गाउनुभएको थियो । त्यसैगरी रवीन गुरुङ र नारायण परिश्रमीको टिमले शहीदकै सम्मानमा गीत गाउनुभएको थियो । नन्दु उप्रेती र रूपक अलंकारले कविता वाचन गर्नुभएको थियो भने समारोहमा जे.बी.टुहुरेका कालजयी गीत पनि बजाइएको थियो ।
प्रमुख अतिथि पोखरेलले जनताको बहुदलीय जनवाद भनेको आफैंमा दर्शन हो, इतिहास हो, मानवजीवन हो र कार्यनीतिक सिद्धान्तसँग गाँसिएको कुरा भन्दै त्यसैले जबज एमालेको मार्गदर्शक सिद्धान्त रहेको बताउनुभयो । नेताको नामसँग गाँसिएको मात्र नभए र जबज कम्युनिष्ट आन्दोलनको इतिहासको वस्तुनिष्ठ निष्कर्ष रहेको उहाँको भनाइ थियो । कार्यक्रममा वरिष्ठ कलाकाहरू माधव प्रधान, अशोक राई, भरत नेपाली, डम्बर पहाडी, नारायण परिश्रमी, होम सुवेदी, रानु थापा, निशा लिम्बु, शोभा थापालगायत व्यक्तिहरूले प्रस्तुति दिनुभएको थियो । यस्तै वरिष्ठ कवि श्याम तमोट, नन्दु उप्रेतीलगायत व्यक्तिले कविता वाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच