
काठमाडौं । नेपाल भाषा एकेडेमीको नयाँ चान्सलरको रूपमा मल्लके सुन्दर सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सम्पन्न एकेडेमीको चौबीसौं वार्षिक सभाबाट मल्ल सर्वसम्मत रुपमा चान्सलर चयन हुनुभएको हो ।
एकेडेमीको विधान अनुसार सम्पन्न कार्यकारिणी समिति चयन प्रक्रियामा मल्ल चान्सलर, डा.पुष्पराज राजकर्णिकार भाइस चान्सलर, महेन्द्र गोपाल कर्माचार्य सदस्यसचिव तथा वीरप्रसाद भन्सारी कोषाध्यक्षमा चयन हुनुभएको हो । यस्तै प्राज्ञ सदस्यमा प्रा.प्रेमशान्ति तुलाधर, शशीकला मानन्धर, राजेन्द्र महर्जन पुता, राजितबहादुर श्रेष्ठ, विद्या चित्रकार र विजयरत्न असंबरे सर्वसम्मत चयन हुनुभएको छ ।
पन्ध्र सदस्यीय कार्यकारिणी समितिका लागि बाँकइ पाँच प्राज्ञ सहवरण प्रक्रियाबाट निर्मल बज्राचार्य, रजनी मिला, शाक्य सुरेन, तुल्सी सायमी र कृष्णभक्त महर्जन मनोनयन गरिएको नव निवार्चित कार्यकारिणी समितिको पहिलो अनौपचारिक बैठकले निर्णय गरेको छ । बैठकले निवर्तमान चान्सलर यज्ञरत्न धाख्वाःलाई एकेडेमीको संरक्षक पदमा मनोनयन गरिएको छ ।
नयाँ कार्यकारिणी समिति चयन हुनुपूर्व सम्पन्न एकेडेमीको चौबीसौं वार्षिक सभा तत्कालीन चान्सलर यज्ञरत्न धाख्वाःको सभापतित्वमा सम्पन्न भएको थियो भने सभामा तत्कालिन भाइस चान्सलर मल्लके सुन्दरले स्वागत मन्तव्य राख्दै एकेडेमीको कार्य योजनामा प्रकाश पार्नुभएको थियो । वार्षिक सभामा तत्कालीन सदस्य सचिव डा.पुष्पराज राजकर्णिकारले वार्षिक र कोषाध्यक्ष वीरप्रसाद भन्सारीले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच