
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र अमेरिकी दूतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी.सिम्किसबीच बोर्डको कार्यकक्षमा औपचारिक छलफल भएको छ । उक्त छलफलमा नेपाली चलचित्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने चलचित्र अवार्ड तथा सम्मान समारोह र चलचित्रकर्मीहरूको अमेरिका भिसासम्बन्धी विषयमा छलफल भएको थियो । भिसा प्रमुख सिम्किसले नेपालमा हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र कलाकारले प्राप्त गर्ने सिफारिश पत्रको आधिकारिकतामाथि चासो राखेका थिए ।
अध्यक्ष डिसीले नेपाली चलचित्र उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल–अमेरिका सांस्कृतिक सम्बन्धलाई थप मजबुत पार्न नेपाली फिल्मकर्मीहरूले अमेरिकामा हुने फिल्म महोत्सव, कार्यशाला तथा अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुन सहजता पाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमा पनि ठूलो स्तरमा अमेरिकी र नेपाली चलचित्रको विशेष कार्यक्रम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।
भिसा प्रमुख सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीहरूको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको बताएको बोर्ड स्रोतले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच