सिड्नी/हिटा । अष्ट्रेलियाको सिड्नीमा भरत बन्धु थापाका नेपाल झल्कने तस्वीर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूको ११औं वार्षिकोत्सवको अवसरमा मनघरी फाउण्डेशनले सातै प्रदेश समेटिने गरी नेपाल झल्कने तस्वीर प्रदर्शनी गरेको हो ।
अष्टे«लियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा २२ वटा तस्वीर राखिएका छन् । प्रदर्शनी अवलोकन गर्दै राजदूत यादवले विदेशमा रहेका सबैले नेपालको प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताउनुभयो । राजदूत यादवले विदेशमा रहेका नेपालीहरूले समय मिलाएर पटक-पटक सपरिवार नेपाल घुम्नमा पनि जोड दिनुभयो । नेपालको विकासमा लागि पर्यटन प्रवद्र्धनमा जोड दिन यस्तो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
एन एस डब्लुका वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफरप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवद्र्धनमा विशेष जोड दिने बताउनुभयो । महामहिम राजदूत र वाणिज्यदूतलाई भरतबन्धु थापाले नेपाल झल्कने किताबसमेत प्रदान गर्नुभयो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध