
भोजपुर । भोजपुर रंगशालामा भएको छैटौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भोजपुर नगरपालिका वडा नम्वर चारमा रहेको सिद्धेश्वर माध्यामिक विद्यालय दाँवाले हात पारेको छ ।
अन्य प्रतिस्पर्धामा रहेका नगरपालिका भित्रका बिद्यालयहरुलाई अंकमा पछि पार्दे सिद्धेश्वले पहिलो स्थान हात पारेको हो । प्रतियोगिता तर्फका खेलहरुमा सिद्वेश्वर मावि दाँवाले १० स्वर्ण, तीन रजत र पाँच कास्य हात पार्दे उपाधीको दावेदार बनेको छ ।
भोजपुर नगरपालिका वडा नम्वर साताम रहेको विद्योदय माध्यामिक बिद्यालयले आठ स्वर्ण, छ रजत र पाँच कास्य सहित दोश्रो स्थान हासिल गरेको छ । यस्तै भोजपुर नगरपालिका वडा नम्वर १२ टक्सारमा रहेको यशोधरा माध्यामिक बिद्यालयले तीन स्वर्ण, नौ रजत र तीन कास्य सहित तेस्रो बन्न सफल भयो ।
भोजपुर नगरपालिका वडा नम्वर पाँच बोखिममा रहेको पन्चकन्या माध्याकिक बिद्यालय र भोजपुर नगरपालिका वडा नम्वर दुई, हेलौछामा रहेको कालिका माध्यामिक बिद्यालयले बराबरी दुई स्वर्ण, तीन रजत र तीन कास्य सहित चौथो स्थान हासिल गर्न सफल बनेका छन । नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका क्षेत्रका १० वटा माध्यामिक विद्यालयले सहभागिता जनाएका थिए ।
आइतवार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजयी बिद्यालयका खेलाडीहरुलाई भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले, उपप्रमुख निर्मला शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द राई, वडा नम्वर आठका वडाध्यक्ष नवीन प्रधान लगायतले पुरस्कार बितरण गर्नु भयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच