
काठमाडौं । ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौं संस्करणमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित हुनुभएको छ । ‘पुजार सार्की’ चलचित्रबाट दुवैले अवार्ड प्राप्त गर्नुभएको हो ।
दुबैले राष्ट्रिय राष्ट्रिय प्रतिस्पर्धामा अवार्ड जित्नुभएको हो । यसै प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र ‘बुलाकी’ बन्दा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट दिनेश राउतले आफ्नो पोल्टामा पार्नुभयो । चलचित्रतर्फ नै उत्कृष्ट छायाँकारको अवार्ड चलचित्र बुलाकीबाट शिव ढकालले, बुलाकीबाटै इन्करेजमेन्ट अवार्ड अभिनेता नरेन खड्काले र उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र पखेटाबाट सनोल दासले हासिल गर्नुभयो ।
सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवं महोत्सवका राष्ट्रियतर्फ निर्णायक प्रमुख शम्भुजित बाँस्कोटा, नेपाली र विदेशी निर्णायकहरू, अग्रज अभिनेत्रीहरू बसुन्धरा भुसाल, भुवन चन्द, चैतेदेवी सिंहलगायतले विजेतालाई अवार्ड प्रदान गर्नुभएको थियो ।
चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहआयोजनामा आयोजित महोत्सवमा ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा थिए । यी सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो ।
महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड भारतबाट पुभुले हासिल गर्यो । चलचित्र पुभुबाटै उत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड मन्जुलन केभीले हासिल गर्नुभयो भने उत्कृष्ट फिचर चलचित्र निर्देशकको अवार्ड अमेरिकाको चलचित्र ला फोर्सबाट जी ओभानी एम जेल्कोले हासिल गर्नुभयो । यस्तै फिचरतर्फ नै उत्कृष्ट अभिनेत्रीको अवार्ड जर्मनीबाट चलचित्र इम्पियोरबाट अभिनेत्री युनिस कचीरुवाले हासिल गर्नुभयो ।
यसैगरी यो महोत्सवमा अन्तर्राष्ट्रिय लघु चलचित्रको अवार्ड बंगलादेशको सर्ट फिल्म सौदाबाट फकिर जिप्लवले, उत्कृष्ट महिला चलचित्रको अवार्ड रसियाको चलचित्र द रि युनियनबाट लोलिता नारान ओभिचले, बाल चलचित्रको अवार्ड भियतनामको चलचित्र लस्ट फर फ्रिडमबाट जाकुभ जाजाकले हासिल गर्नुभयो । अन्तर्राष्ट्रिय बृत्तचित्रको अवार्ड क्यानडाको चलचित्र नुरागा भूमिबाट डानियल खान डा.लिल्भाले, इन्भारोमेन्टल चलचित्रको अवार्ड स्पेनको चलचित्र द सोल अफ ज्यास्मिनबाट मरिना गार्सिया एन्ड्युले, अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्रको अवार्ड अमेरिकाको अमेरिकन फुल ब्रोडबाट क्रिस्टिना होडेलले हासिल गर्नुभयो ।
यस्तै एनिमेसन चलचित्रको अवार्ड साउथ अफ्रिकाको चलचित्र फ्लावर अफ दि पार्टिसनबाट चार्लेस बाडेनहोस्टले, अन्तर्राष्ट्रिय छायांकारको अवार्ड स्पेनको चलचित्र स्पिक सन लाइटबाट जसी लुईस अल्कानीले, उत्कृष्ट चलचित्र स्कृप्टको अवार्ड इटालीको चलचित्र आउट डियरबाट ऐस्यान्डो लियोनीले, जुरी मेन्सन अवार्ड अर्जेन्टिनाको चलचित्र द टेम्पल अफ इन्टरनल साउन्डबाट जर्ज क्याराभोटाले, स्पेशन मेन्सन अवार्ड बेलायतको चलचित्र लकडाउन गर्डेन डायरीबाट एड्रिना उलिकले प्राप्त गर्नुभयो । यस्तै, पपुलर अवार्ड जर्मनीको चलचित्र सिड वीथ मीबाट अकिफा मियानले, इन्करेजमेन्ट अवार्ड नेपालको चलचित्र जाईन पपेट्स फर डिज्निफाईड मेन्सुरेसनबाट ओडिटी लारामीले हासिल गर्नुभयो ।
महोत्सवमा अन्तराष्ट्रियतर्फ आठजना विदेशी निर्णायक थिए । अन्तर्राष्ट्रिय निर्णायकमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुइसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट चलचित्र निर्माता निर्देशक एवं लेखक इभा दाउद र रुसबाट चलचित्रकर्मी इरिना बेराजी रहनुभएको थियो ।
यस्तै राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट लघु चलचित्रको अवार्ड रित्तो गाउँबाट रामजी ज्ञवाली, बृत्तचित्रको अवार्ड नो मोनास्ट्री नो भिलेजबाट टासी ल्हाजोमले, महिला चलचित्रको अवार्ड पिरियडबाट रेवती गुरुङले, बाल चलचित्रको अवार्ड द स्कुल वालबाट मोहन श्रेष्ठले कल्चरल चलचित्रको अवार्ड चिपागु निलाबाट योवन शाक्यले, जुरी मेनसन अवार्ड चलचित्र छेसाङबाट रजिला श्रेष्ठले, स्पेशल मेनसन अवार्ड सर्ट फिल्म थ्रेसोल्डबाट सरिता शाहले र पपुलर अवार्ड चलचित्र लेट नाइटबाट ओविन उद्दिनले जित्नुभयो ।
राष्ट्रिय प्रतिस्पर्धाको निर्णायकमा बरिष्ट संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष शम्भुजित बास्कोटा, अभिनेत्री मिथिला शर्मा, अभिनेता प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्देशक दीपेन्द्र के.खनाल, चलचित्र निर्माता एवं निर्देशक रौनक विक्रम कँडेल, निर्देशक दिनेश लिङ्देन र टेलिभिजनकर्मी टीकाराम यात्री रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच