
काठमाडौं । चलचित्र निर्माता तथा निर्देशक रिमेश अधिकारीले वसन्त पञ्चमीको शुभदिन तथा आफ्नो जन्मोत्सवको अवसर पारेर नयाँ नेपाली चलचित्र ‘योगमाया’ निर्माण एवं निर्देशन गर्ने घोषणा गर्नुभएको छ ।
सोमबार बिहानै पशुपतिनाथको मन्दिर पुगेर निर्देशक अधिकारीले आफ्नो यो ऐतिहासिक चलचित्रको स्क्रिप्ट पूजा गर्नुभएको हो । योगमाया नेपाली इतिहासको एक कालखण्डमा एकजना प्रखर विद्रोही हुनुहुन्थ्यो । उहाँलाई आफ्नै जिन्दगी र सामाजिक परिवेशले नै विद्रोही बनाएको थियो ।
उहाँ एक क्रान्तिकारी महिला योद्धा हुनुहुन्छ । समाजका सबै विकृति अन्त्य हुनुपर्ने विषयमा लड्नुभएकी साहसिक महिला योद्धा हुनुहुन्छ योगमाया । नेपालको इतिहासमा समाज सुधारक, शान्ति र अहिंसाकी प्रतिमूर्ति योगसाधनामा संलग्न, निस्वार्थ, तपस्विनी अनुकरणीय महिला योगमाया हुनुहुन्छ ।
विगत एक वर्षदेखि आफू यो चलचित्रको लेखन तथा अनुसन्धानमा व्यस्त रहेको अधिकारीले बताउनुभयो । अहिले लेखन पूरा भएलगत्तै चलचित्रको औपचारिक घोषणा गरिएको हो ।
अब कलाकार तथा प्राविधिकहरूको चयन कार्य थालिने छ, निर्देशक अधिकारीका अनुसार अहिले कलाकार तथा प्राविधिक टिम खुलाइएको छैन । ‘हामी चाँडै नै यी कुराहरूको घोषणा गर्नेछौ’, निर्देशक अधिकारी भन्नुहुन्छ, ‘एउटा कार्यक्रम नै आयोजना गरेर सबै कुराको जानकारी निकट भविष्यमै गराउने छौं ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच