
काठमाडौं । कलाकार, चराविद् तथा साहित्यकार हेम पौडेलको पहिलो स्मृतिको अवसरमा चित्रकला प्रदर्शनी, पुस्तक विमोचन र पुरस्कार वितरण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा आइतबार भएको कार्यक्रममा ‘हेम पौडेलका कविता कविता’ र ‘बहुआयामिक व्यक्तित्व गंगा कर्माचार्य पौडेल’ कृतिको विमोचन भएको थियो । सोही अवसरमा प्रतिष्ठानमा हेम पौडेलका २२ वटा कला चित्र प्रदर्शनीसमेत गरिएको थियो ।
उक्त अवसरमा कवितातर्फ प्रथम भएको अनाम उपेक्षितको कविता ललितादोषीले वाचन गर्नुभयो । पुरस्कृत कवि देशबाहिर भएकाले कार्यक्रममा उपस्थित हुनु भएको थिएन । दोस्रो हुने कवि अनिता ढकाल र तेस्रो हुने सुन्दर शिरीषले कविता वाचन गर्नुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि राई, प्राज्ञ संजय वान्तवा राई र वरिष्ठ साहित्यकार गंगा कर्माचार्य पौडेलले आ-आफ्ना भनाइ राख्नुभएको थियो । उहाँहरूले हेम पौडेलको व्यक्तित्व र कृतित्व बारे चर्चा गर्नुभएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन- बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच