
इलाम । इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) एकनारायण कोइरालाले लागुऔषध र अवैध निकासी नियन्त्रणमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हालै इलामको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालनुभएको कोइरालाले सञ्चारकर्मीहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै लागुऔषध प्रयोगकर्ता र वितरकहरूलाई नियन्त्रण गर्न आफ्नो मातहतको प्रहरीलाई निर्देशन दिने बताउनुभयो ।
उहाँले तराईसँग सिमाना जोडिएका पालिकाहरूमा यसको समस्या बढी देखिएकाले विशेष निगरानी राख्ने बताउनुभयो।
सञ्चारकर्मीहरूले प्रहरी प्रमुखसँगको अन्तरक्रियामा आउने समस्या सुन्ने मात्रै समाधानमा नलाग्ने गुनासो गरेपछि उहाँले आफ्नो कार्यकालमा सकारात्मक सन्देश छाडेर जाने समेत बताउनुभयो।
डिएसपी हुँदा यसअघि कार्यरत रहेका धेरै कार्यालयहरूमा प्रवक्ता भएर काम गरेको उल्लेख गर्दै उहाँले पत्रकार र सञ्चारकर्मीहरूसँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ। सीमा नाकामा हुने चोरी तस्करी नियन्त्रणका लागि मातहतका प्रहरीलाई तैनाथ राख्ने बताउनुभयो
समयमा सूचना नपाउने गुनासोबारे उहाले सहज रूपमा पत्रकारहरूलाई सूचनाको पहुँचमा पुग्नका लागि आफू तयार रहेको बताउनुभएको छ । परिचयात्मक कार्यक्रममा सहभागी पत्रकारहरूले लागुऔषध, सीमा नाकाबाट हुने अवैध निकासीका बारेमा प्रश्नहरू राखेका थिए।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच