
गुल्मी । गुल्मीमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु गरिएको छ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर- १ का स्वास्थ्यकर्मीलाई खोप सामग्री (भ्याक्सिन क्यारिएर) हस्तान्तरण गरी जिल्लामा खोप अभियान सुरु गर्नुभएको हो।
त्यसअवसरमा समन्वय प्रमुख खत्रीले प्रत्येक दिन नेपालमा चार जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको भन्दै अर्को वर्षदेखि नियमित खोपका रुपमा एचपीभी खोप सञ्चालन हुने बताउनुभयो। १० बर्षदेखि १४ बर्षसम्मका किशोरीलाई लक्षित गरेर खोप लगाउन थालिएको छ। कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइने छ। जिल्ला खोप समन्वय समिति संयोजक समेत रहनुभएका खत्रीले विद्यालय बाहिर रहेका किशोरीहरुलाइ अभियानमा सहभागी गराउन सरोकारवाला सबैलाई ध्यान दिनुपर्ने बताउनुभयो।
विद्यालयमा रहेका किशोरीहरुले खोप पाउने पूर्ण सुनिश्चित रहेको भन्दै उहाँले विद्यालय बाहिर रहेका किशोरीहरुलाई खोजेर अभियानमा अनिवार्य जोड्न जरुरी बताउनुभयो। सरकारले आजदेखि सुरु गरेको एचपिभी खोप अभियान फागुन ६ गतेसम्म सञ्चालन गर्न लागेको छ। लक्षित समूहमा खोप अभियानलाई पुर्याउनका लागि आवश्यक समन्वय र सहजीकरण गरी खोप अभियान सफल बनाउन सबै पक्ष लाग्न जरुरी रहेको उहाँले बताउनुभयो।
गुल्मीमा करिब १२ हजार किशोरीहरुलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाले जानकारी दिनुभयो। यस जिल्लाका १२ स्थानीय तहका सामुदायिक १८५ र संस्थागत २५ गरी कुल २१० विद्यालयमा कक्षा ६ देखि दशसम्म अध्ययनरतसंगै विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरु गरी कुल ११ हजार ४८८ जनालाई खोप लगाइने छ। गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले किशोरीहरुलाई लक्षित गरी सञ्चालन गरिएको एचपिभी खोप अभियानबाट लक्ष्यित समूह बञ्चित हुन नहुने बताउनुभयो। खोप अभियानलाई प्रभावकारी बनाउन सरोकारवाला सबै लाग्न जरुरी रहेको बताउनुभयो। खोप अभियानलाई व्यवस्थित गरी खोप लगाउनका लागि स्वास्थ्य कार्यालयले १८६ जना स्वास्थ्यकर्मी र ३७२ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरेको जनस्वास्थ्य अधिकृत पशुपति अचार्ययले जानकारी दिनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच