
रौतहट । भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट चर्चामा आउनु भएकी मोनालिसा नेपाल आउने हुनु भएको छ ।
रौतहटको मौलापुर नरपालिकाको पतौरामा फागुन महिनामा हुन लागेको मधानी महोत्सवमा मोनालिसा आउने निश्चित भएको नगर प्रमुख रिनाकुमारी साहले जानकारी गराउनु भएको छ ।
२०७६ देखि हरेक वर्ष महाशिवरात्रीको अवसरमा मौलापुरको पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा हुने मधानी महोत्सवमा चर्चित भारतीय तथा नेपाली कलाकारहरुको सहभागिता रहने गरेको छ । महाकुम्भ मेलामा आफ्नो आँखाको कारण चर्चामा आउनु भएकी र भारतीय चलचित्रमा अनुबन्धसमेत भइसक्नु भएकी मोनालिसा पहिलोपटक नेपाल आउन लागेको बुझिएको छ ।
मधानी महोत्सवको लागि पुरातात्विक महादेव मन्दिरमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख रिनाकुमारी साहले कार्यक्रममा भारतीय भोजपुरी तथा हिन्दी सिनेमाका कलाकार तथा साँसद रविकिशन, प्रसिद्ध गीतकार तथा पूर्वमन्त्री विनयबिहारी, गायक तथा अभिनेता रितेश पाण्डे पनि मधानी महोत्सवमा मौलापुर आउने निश्चित भएको नगर प्रमुख साहले जानकारी गराउनु भयो ।
यसै गरी नेपाली कलाकार र गायक–गायिकाहरुमा अनु चौधरी, सदाम हुसेन, रचना शिवाकोटी, रुद्रनारायण तिवारी, प्रीति आर्या पासवान, प्रीति सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बिसी, मनीषा राईको पनि मधानी महोत्सवमा प्रस्तुति रहने नगर प्रमुख साहको भनाइ छ ।
नगर प्रमुख साहले नगरपालिकाले सकेको उत्खनन र पुरातात्विक सम्पदाको संरक्षण गरिरहेको तर बाँकी काम पुरातत्व विभागले गर्नुपर्ने बताउनु भएको छ । नगर प्रमुख साहले मौलापुर नगरपालिकाको पतौरामा रहेको ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणका संरचनाहरुको उत्खनन गरी पतौराको वास्तविकलाई पुरातत्व विभागले बाहिर ल्याउन सहयोग गर्नुपर्ने स्पष्ट पार्नुृ भएको हो ।
यस वर्ष पनि मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्न लागेको छ । फागुन ११ देखि १५ गतेसम्म चल्ने मधानी महोत्सवमा नेपाली तथा भारतीय कलाकारहरुका साथै कुस्ती खेलाडीहरुको पनि सहभागिता रहने जनाइएको छ ।
शिव पार्थिव पूजन, महाहवन, शिव बारात यात्रा, मधानी विशेष समारोह, मधानी विशेष सांस्कृतिक समारोह, कुस्ती दंगलसहित स्थानीय नाचका साथै विभिन्न मनोरंजनात्मक कार्यक्रम गरी मनाइने मधानी महोत्सवको विशेष समारोहलाई मधेश प्रदेशका मुख्य मन्त्री सतिश सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसै गरी मधानी विशेष सांस्कृतिक समारोहलाई पूर्वमन्त्री तथा संघीय सांसद प्रभु साहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हरेक वर्ष मधानी महोत्सवमा लाखौँ दर्शकको सहभागिता हुने गरेको छ । शिवको विवाहको अवसरमा गरिने विशेष किसिमको लौकिक परम्परामा रहेको मधानीलाई मौलापुर नगरपालिकाले गत ६ वर्षदेखि प्रवर्धन गर्दै आएको छ । २०७६ मा गरिएको पहिलो मधानी महोत्सवमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहेको थियो ।
नगर उपप्रमुख नागेन्द्र यादवले भारत तथा नेपालका कलाकार र खेलाडीहरुले मधानी महोत्सवका साथै महादेव मन्दिरको माध्यमबाट अन्तरदेशीय सम्बन्ध विस्तार भएको बताउनु भयो ।
मधानी महोत्सवको लागि चालू आर्थिक वर्षको गत असारमा सम्पन्न नगर सभाबाट ७८ लाख रुपैया विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराउनु भयो । गत वर्ष मधानी महोत्सवमा ७३ लाख रुपैया खर्च भएको थियो ।
मधानी महोत्स्वमा नेपाल र भारतबाट दर्शकहरु पुग्ने गरेका छन् । देशको सयओटा पर्यटकीय गन्तव्यमा सूचीकृत भइसकेको पुरातात्विक महादेव मन्दिर क्षेत्रको नजिक पुरातात्विक महत्वका विभिन्न संरचनाहरु फेला परेका छन् तर अध्ययन र उत्खनन हुनसकेको छैन ।
पुरातात्विक महादेव मन्दिरमा भेटिएको संरचना गुप्तकालको भएको अध्ययनबाट देखिएको नगरपालिकाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच