
साउदी अरब । एएफसी च्याम्पियन्स लिग इलाइटमा अल नासरले फराकिलो जित निकालेको छ । सोमबार राती भएको खेलमा अल नासरले युएईको क्लब अल वासललाई ४-० ले पराजित गरेको हो ।
अल नासरको जितमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले २ गोल गर्नुभयो । यससँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पुर्याउनुभएको छ । त्यस्तै, अलि अल हासन र मोहमद अल फातीले एक-एक गोल गर्नुभयो ।
रोनाल्डोले पहिलो गोल पेनाल्टीमा तथा दोस्रो गोल हेडरमार्फत् गर्नुभएको थियो । जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा सात खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै, अल वासलको सात खेलमा ११ अंक रहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच