
म्याग्दी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा भए गरेका गल्तीहरुलाई सच्याउँदै नेकपा (माओवादी केन्द्र) जनतामाझ फर्किएको बताउनुभएको छ ।
मंगलबार (आज) नेकपा (माओवादी) केन्द्र म्याग्दीले सदरमुकाम बेनीबजारमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले उक्त कुरा बताउनुभएको हो ।
अध्यक्ष दाहालले जनताले फेरि माओवादीको नेतृत्वमा सरकार बनेको हेर्न चाहेको बताउदै वर्तमान सरकारले जनताको हित र चाहना विपरित काम गरिरहेको आरोप लगाउनुभयो ।
खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहाले आफू तेस्रो पटक १८ महिना प्रधानमन्त्री हुँदा मुलुकमा सुशासनका पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेका कदमलाई जनतामा स्थापित गर्न माओवादीले देशव्यापी रुपमा खबरदारी सभामार्फत अभियान सञ्चालन गरेको बताउनुभयो ।
अध्यक्ष दाहाले विगतमा आफ्नो तर्फबाट केही गल्ती भएको र अहिले निर्मम भएर त्यसलाई सच्याएर फेरि जनताका माझ फर्किएको बताउनुभयो । विगतका गल्ती कमजोरी सच्याउँदै पार्टीलाई बलियो शक्ति बनाउने सङ्कल्प लिएर जनतामा फर्किएको उहाँको भनाइ थियो ।
वर्तमान सरकारको अलोकप्रियता बढ्दै गएको बताउँदै अध्यक्ष दाहालले सरकारबाट हटेपछि हिमाल, पहाड र मधेशमा पुग्दा माओवादीलाई जनताको साथ र समर्थन बढ्दै गएको र पुनः एकपटक जनताले माओबादी सरकारमा पुगेको हेर्न चाहेका दाबी गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष दाहालले म्याग्दीमा सुरु भएका विकास योजनालाई पूर्णता दिन आफ्नो तर्फबाट पहल गर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले प्राकृतिक चिकित्सालयको रुपमा परिचित तातोपानी कुण्डको अवलोकन गर्नुका साथै सिंगामा द्धन्द्धपीडित र स्थानीय वासिन्दाहरुसँग पनि भेट गर्नुभएको थियो ।
खबरदारी सभामा पार्टीका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज गोविन्द पौडेल, म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य रेशमबहादुर जुग्जाली र हरि भण्डारीलगायतले सभालाई सम्बोधन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच