
काठमाडौं । हिमाल थिङको हृयाट्रिकसँगै मच्छिन्द्र फुटबल क्लबले एन्फा यू-१६ लिगमा विभागीय टोली त्रिभुवन आर्मीमाथि एकपक्षीय जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले १०-० को फराकिलो जित निकालेको हो । जितसँगै मच्छिन्द्रले नौ खेलबाट १३ अंक पुर्याएको छ ।
एक खेल बढी खेलेको आर्मी भने अंकविहीन छ । मच्छिन्द्रले खेलको पहिलो मिनेटमै हिमालको गोलमार्फत् सुरुवाती अग्रता लिएको थियो । त्यसपछि हिमालले दुई गोल गर्दै हृयाट्रिक पूरा गर्दा प्रज्ञान राई, उपेन्द्र बोहरा र राहुलकुमार योञ्जनले एक/एक गोल गर्नुभएको थियो ।
योसँगै पहिलो हाफमै मच्छिन्द्रले ६-० को अग्रता लिएको थियो । दोस्रो हाफ्मा सोहन थापा, सौगातकुमार बोम्जन र राहुलले एक/एक गोल थप्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच