
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । उक्त सामग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।
बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको बैंकले जनाएको छ । बालबालिकाहरू राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्ज्वल भविष्य बालबालिकाको समग्र विकासमा निर्भर हुने मान्यतासाथ बैंकले उक्त कार्यमा सहभागिता जनाएको हो । उक्त मान्यतासाथ बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणमा सहयोग, विपन्न बालबालिकालाई छात्रवृत्ति जस्ता कार्यमा योगदान गरिसकेको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच