
अहिले अस्तित्वमा रहेका सबैजसो पार्टीहरूमा कुनै न कुनै रूपमा गुटबन्दी मौलाएकै छ । यसरी गुटबन्दीको शिकार भएकै कारण कतिपय पार्टीहरू नाम मात्रको अवस्थामा पुगिसकेका छन् भने केहीको त अस्तित्व नै राजनीतिक वृत्तबाट विलिन भइसकेको छ । यस्तो दुःखद् अवस्थाबाट अछुत रहन कुनै पनि पार्टी सकेका छैनन् । यस्तै विस्थापन र अवसानको अवस्थाबाट हालका सबैजसो पार्टीहरू आफ्नो उपस्थिति जनाउन आइपुगेका छन् र यिनको संख्या धेरै छ । गुटबन्दीबाट विभाजनको अवस्थामा पुगेका पार्टीहरू अन्ततः विलय नै भएका छन् तर ठूला पार्टीहरू भने गुटबन्दीको शिकार भएर पनि त्यति छिट्टै विलयको अवस्थामा भने पुगिहाल्दा रहेनछन् । विभाजन हुँदा पनि एउटा चोइटो उछिट्टिएको र बाँकी ठूलो फेद भने पुरानै अवस्थामा रहिरहेको देखिन आएको छ ।
यस्तो गुटबन्दी र त्यसबाट भएको विभाजनले विलय भएकै पार्टीमा केही प्रभाव पारे पनि विलयकै अवस्थामा ठूला पार्टीहरू त्यति छिट्टै पुगिहाल्दैनन् भन्ने विषयमा एमालेबाट नेकपा एकीकृत समाजवादी विभाजित भए पनि एमालेलाई त्यति प्रभाव त्यसले नपारेको अवस्थाबाट पुष्टि हुन सक्छ । तर, सानामात्र होइन ठूला भनिएका पार्टीहरूमा पनि विभाजन, एकीकरण, पुनःविभाजन र पुनःएकीकरण जस्ता खेलहरू हुँदै आएका छन् । पछिल्लो समयमा एमाले र माओवादी केन्द्रका साथै नेपाली कांग्रेसले पनि यस्तो नियति ब्यहोर्नु परेको छ । हाल पार्टीका नेताहरू स्वयं नै यस्तो विषयको चर्चा गर्न थालेका छन् । नेपाली कांग्रेसका नेताहरूले यस कुरालाई अहिले आएर स्वीकार्न थालेका छन् । उनीहरूले गुटबन्दीले पार्टी कमजोर बन्न पुगेको धारणा राखेका छन् ।
पार्टीभित्र गुटबन्दी रहेछ भन्ने सन्दर्भ कांग्रेस नेताहरूकै मुखबाट सुन्न पाइएको हुँदा यो विषय यथार्थ रहेको पुष्टि भएको छ । अन्तर्घातका कारण पार्टीको बहुमत नआएको प्रतिक्रिया उनीहरूले नै दिएका हुन् । यो सत्य हो । आफ्नै पार्टीका नेता कार्यकर्ताहरू आपूmले उम्मेदवारी नपाएको रिसमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउने प्रतिशोधी राजनीतिमा सक्रियतापूर्वक लागेका कारण कुनै पनि पार्टीको बहुमत नपुगेको हो । यसका अनेकौं दृष्टान्त दिन सकिन्छ । त्यति नै मतदाता भएको त्यही क्षेत्रबाट स्थानीय तहको निर्वाचन, प्रदेशको निर्वाचन र संघको निर्वाचनमा उही पार्टीका उम्मेदवारहरूले धेरै संख्याको फरक पर्ने गरी मत प्राप्त गरेका छन् । घातअन्तर्घात र गुटबन्दीका कारणले यसो हुन गएको हो ।
कुनै पनि पार्टीको बहुमत नपुग्नुको एउटा कारण गठबन्धन पनि हो । न राजनीतिक सिद्धान्त समान छन् न लक्ष र उद्देश्यहरूमा समानता छ तर निर्वाचनमा विजयी बन्न सत्तामा पुग्न, मन्त्रीलगायतका पदहरू प्राप्त गर्नकै लागि मात्र नेता र नेतृत्वले यस्तो उपायको अवलम्बन गरेको हो । अन्ततः यस्तो सिद्धान्तहीन राजनीतिले पार्टीलाई र स्यवं व्यक्तिलाई समेत कुनै पनि फाइदा पुग्दैन । राजनीतिक पार्टीहरूलाई फाइदा पुगेको भए निश्चय नै देश र जनतालाई पनि फाइदा पुग्नसक्ने थियो तर त्यसो हुन नसकेको टड्कारो अवस्था अहिले हाम्रा सामु छदैन । नेतृत्वको बेलाबेलाका यस्तै गलत निर्णयले गर्दा हाल देशको अवस्था डामाडोल बन्न पुगेको हो । अब अहिले देशको राजनीतिले कुन बाटो अँगाल्ने हो भन्ने कुनै टुंगो नै छैन ।
त्यही दिशाहीनताको परिणामका रूपमा गठबन्धनहरू छिटोछिटो फेरिने गरेका हुन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार छ । यो धेरै बलियो सरकार हो तर यसले पनि भोलि गठबन्धन बदल्दैन भन्ने कुनै प्रत्याभूति दिन सकेको छैन । नेपाली कांग्रेसले हिजो प्रजातन्त्र आउनुपूर्व पनि गुटबन्दी गरेको थियो र प्रजातन्त्र आएपछि त त्यसको चरम रूप देखिएकै हो । स्वार्थको आहालमा चुर्लुम्म डुबेकाहरूले राजनीतिको संग्लो गंगालाई धमिल्याउने काम गरेकै हुन् । त्यसको फाइदा तत्कालीन रूपमा त्यस गुटलाई भएकै हो तर निदानसेखमा पार्टी त्यसपछि कति कमजोर भयो भन्ने कुरा आजका दिनमा देखिएको छ । कुनै पनि असल वा खराब कुराको परिणाम दुई तीन दशकपछि राम्ररी प्राप्त हुनसक्ने रहेछ भन्ने बल्ल आजका नेताहरूलाई बोध हुँदैछ ।
जुन बेला अग्रजहरूले गुटबन्दी गरिरहेका थिए, त्यसो गर्नु हुँदैन भन्न नसकेका त्यही गुटबन्दीको गन्दा पोखरीमा डुबुल्की मार्नेहरू आज पार्टी राजनीतिको मूलधारमा पुगेका छन् र तिनैबाट प्रशिक्षित र दीक्षित भएका नाताले आपूmले पनि त्यही मार्ग पच्छ्याउँदै आएकोमा अहिले बल्ल त्यो कुराको बोध गरेर गुटबन्दीले पार्टी कमजोर भएको स्वीकारोक्ति प्रकट गरिरहेका छन् । अन्तर्घातका कारणले बहुमत ल्याउन नसकेको धारणा हाल आएरमात्र व्यक्त गरिरहेका छन् । यो यथार्थ धारणा हो तर नेतृत्वलाई यस्तो बोध हुन ढिलो भइसकेको थियो । ढिलै होस् उहाँहरूले बोध गर्नुभयो त्यो सकारात्मक छ तर भावनाले बोध गर्ने, व्यवहार चाहिँ त्यस्तै गुट र उपगुट खडा गर्ने खालकै भइरहे भने सुधार हुन चाहिँ सक्दैन ।
वर्तमानको आवश्यकता भनेको पहिले सबै पार्टीहरूले आ-आफ्नो पार्टीभित्र सुधार गरेर त्यहाँ स्वच्छता खडा गर्ने कार्य गर्नु आवश्यक छ । स्थापना भएका सबै पार्टीमा स्वच्छता कायम भयो र तिनले पार्टी राजनीतिलाई सही मार्गबाट हिँडाउन सके भने अन्ततः देशको समग्र राजनीतिक वातावरण स्वच्छ हुने हो । त्यसो भएको कारण नेपाली कांग्रेसले गुटबन्दीले पार्टी कमजोर भएको र अन्तर्घातले बहुमतबाट वञ्चित हुनुपरेको स्वीकार गरे जस्तै अरू सबै पार्टीले पनि आपूmबाट गएका गलत निर्णय र कार्यहरू बारे आत्मआलोचना गरेर अगाडि बढ्ने हो भने नेपालको भोलिको राजनीति निश्चय पनि संलिन सक्ने अपेक्षा गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच