
परोपकारायफलन्ति वृक्षाः
हरि मन्जुश्रीका सम्बन्धमा खासै परिचयको पनि आवश्यक्ता पर्दैन किनभने गायन, गीत लेखन, आख्यान लेखन र सम्पादन तथा प्रकाशनका अतिरिक्ति संस्था र व्यक्ति खोजी खोजी महिनामा पाँच पटकसम्म १०/१२ जानाका डप्फालाई सम्मान र पुरस्कार अर्पण गर्ने नायक हुनुहुन्छ उहाँ । त्यसमा पनि आकाशे खेतीका भरमा अर्थात कसैले दिए र राखेको छ भने किनकि सरकारले एक त घूस खान, लिन जाने पनि दानीलाई दिन जानेको छैन । त्यसमा पनि हरि मन्जुश्री सरकारी दातव्यमा हात पसार्दैनन् । पुराणमा यदि कसैले दधीचिको नाम सुनेको थिएन र छैन भने हरि मन्जुश्रीको नाम सुनेपछि त्यो मान्छे तर्छ ।
देवताको अस्त्र बनाउन आफ्ना शरीरको समग्र मासु ताछेर हाड दिने महान् त्यागी दधीचि थिए भने अहिले उनको कलियुगानुसारको पुनर्जन्म चाहिँ हरि मन्जुश्रीका रूपमा भएको जस्तो लाग्यो मलाई । ठूला मान्छे ठूलै कुलमा जन्मन्छन् रे । यसको मतलब हो असल मान्छे पनि त असलै कुलमा जन्मन्छ होला नि होइन र ? बाला गुरु षडानन्दका कुलका अधिकारी र परोपकारी सोच चिन्तन, आचरणका कारणले मैले हरि मन्जुश्रीलाई दधीचि भनेको हुँ । उनले पनि बिहा गरे । मैले पनि बिहा गरेँ । उनले पनि छोराछोरी जन्माए । मैले पनि त्यही कर्म गरेँ तर म साधारणको साधारण उनी असाधारण बनेर गए ।
गीत तरलतमभावको अभिव्यक्ति हो भने कविता चाहिँ गीतका तुलनामा कम द्रवण रहेको हुन्छ भन्ने पनि मानिन्छ । कतिपय मान्छे कविताभन्दा गीतका तरलतम भावका छालमा बहन चाहन्छन् । अहिलेको हाम्रो राष्ट्रगानले समग्र नेपालको भू-बनावट, जातजाति, धर्म, संस्कृति र तिनले गरेको बहादुरी एवं राष्ट्र महोज्वल चित्र प्रक्षेपण गरेको छ ।
म झुसिल्कीरै रहेँ भने उनी बागगौरव पुतली बनेर देशभरि चिनिए । कालीगण्डकीका तटको ढुंगो बनेर मग्मगाए । ‘सँगेसँगे गाय चरायलौं आ किसुन्वा भएगेल गोसाईं’ भनेजस्तै हरिले सारा आफ्ना दौंतरीलाई पातालमा छाडेर आफू ब्रहृमलोकमा पुगेका छन् । यो धरा भनेको साधनाभूमि हो । उहाँले साधना गर्नुभयो साधना साधित भयो पनि । हामी रंगमञ्चमा आएर पनि अभिनय गर्नाको साटो अभिनय हेरेर बस्यौं । हिमाल हेरेर मेरो हुँदैन भएन । आगो देखेर आँखा डढ्दैनथे डढेनन् । अतःयद् भविष्यति तद् भवत्येव हि भन्ने शास्त्रीय वचनलाई सम्झेर मन बुझाउनु नै बुद्धिमानीपना हो ।
भेडा भेडासङ बाख्रा बाख्रासङ
जर्मनीका एकजाना लेखक युगेन बर्थोल फ्रडरिक बर्थोल भन्ने व्यक्तिले साहित्यका विधाउपविधालाई भन्जन गरेर अर्को अर्को विधा मिसाएर रमाइलो पारामा साहित्यकारलाई उडाएका थिए । यसलाई पाश्चात्य साहित्यका पाठक मन पराउँछन् र ब्रेख्तको प्रशंसामा दुनियाँको सबैभन्दा लामो प्रशस्ती गाउन थाल्छन् । दहीमा दूध मिसाएर खाए स्वाद कस्तो आउला ? दूधमा तेल मिसाएर पिए के होला ? विधाभञ्जनमा पनि रमाइलोपना आउन सक्छ तर भाँती पुर्याउनैपर्छ र मिल्दाजुल्दा विधा र मिल्दाजुल्दा भणितिका बाँन्की पनि छान्न सक्नुपर्दछ । हास्यमा व्यङ्ग्य घोलिएको देखेर क्रोध घोल्न थाले के होला ? मैले यो प्रसंग ल्याउनाको कारण के हो भने-हो, तिनै हरि मन्जुश्रीले भावमा भाव त घोलेछन् तर लयमा लय घोलिएन र यो प्रसंग तान्नुपरेको हो ।
वालमीकि रामायणको एउटा श्लोक अत्यन्त नै अभिप्रेरक प्रसंगको छ । दशवटा व्यक्तित्व सम्पन्न र अधिभौतिक विज्ञानको ज्ञाता, प्रयोक्ता र विश्वविजेता रावणलाई ढालेपछि लक्ष्मणले र रामसँग भनेछन् ‘दाजु, रोग, भोक, अभाव, दुःख, दारिद्र्रले भरिएको अयोध्यामा जानुभन्दा रावण मर्यो विभीषणलाई राम्रो पद दिएर यो विकासको चरमचुलीमा पुगेको लंकाकै राज्य गरेर हामी किन नबस्ने ?’ भाइका कुरा सुनेपछि रामले तिनलाई भनेछन् : अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते । स्वर्णमय (अतिविकसित) भए पनि मलाई लंका राम्रो लाग्दैन किनभने आमा र मातृभूमिभन्दा महान् र असल तथा ठूलो कुरो दुनियाँमा केही पनि हुँदैन ।’
यसै प्रसंगलाई स्थायी बनाएर हरि मञ्जुश्रीले रचना गरेको एउटा बोधगीत (उनले शायद जागरण) भनेका छन् म चाहिँ यसलाई बोध गीत भन्छु । अहिलेको लर्डमेकाले शिक्षाका सलाकाले गिदीमा डढेलो लाएर अधमरा बनेका गिदीलाई राष्ट्र, राष्ट्रभक्ति र मातृभक्ति सिकाउन यो गीत सक्षम रहेको देखिन्छ । यस गीतमा थायी अनुष्टुभ छन्दको छ भने अन्तरा चाहिँ पञ्चचामर छन्दमा रचिएका छन् ।
गीत सुरु हुन्छ-म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस् ।
दुवै-म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्
स्वधर्म-कर्म पालना सदैव गर्न पाइयोस् ।
म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्
पुरुषः अनाथको अशक्तको सुसार गर्न पाइयोस्
कलंकबाट मुक्त भई सुकर्म छर्न पाइयोस्
म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस्
महिला : बुढा, युवा र बाल भई सदैव मिल्न पाइयोस्
तीतोमीठो रुखोसुखो मिलेर निल्न पाइयोस्
म जन्मिएँ जहाँ त्यहीँ बसेर मर्न पाइयोस् ।
यसै प्रकारले महिला पुरुष-महिला पुरुष गरी पहिले दुई चरण दुवै र अन्त्यमा पनि दुई चरण दुवैले समवेत स्वरमा गाएको देखिन्छ । महिला र पुरुषका अनेकौं स्वरूप, प्रकार्यात्मक प्रकार भए पनि मूलतः प्रकृति र पुरुष क्षेत्र, क्षेत्रज्ञका रूपमा रही सनातन सृष्टिचक्रका पनि संवाहक हुन् । माता र पुत्र भावमा अग्रज र अनुज भावमा अनि प्रेमका आलम्बन विभावका मूल स्तम्भका रूपमा देखिने भएकाले यसमा हरिले पुरषबाट आरम्भ गराएर अनि महिला र पुरुषलाई नारेर अन्त्यमा समवेत प्रस्तुति दिने गीतसंगीतको जुन रूप रोजे त्यसले नै जन्मभूमि मात्र होइन जननी र जनकसँग पनि अनन्य भावले सम्बन्ध गराएको संकेत गरेको बुझ्न सकिन्छ ।
गीत तरलतमभावको अभिव्यक्ति हो भने कविता चाहिँ गीतका तुलनामा कम द्रवण रहेको हुन्छ भन्ने पनि मानिन्छ । मलाई गीतभन्दा कविता मन पर्छ । कतिपय मान्छे कविताभन्दा गीतका तरलतम भावका छालमा बहन चाहन्छन् । गीत पनि बौद्धिक हुन्छन् । अहिलेको हाम्रो राष्ट्रगानले समग्र नेपालको भू–बनावट, जातजाति, धर्म, संस्कृति र तिनले गरेको बहादुरी एवं राष्ट्र महोज्वल चित्र प्रक्षेपण गरेको छ । राष्ट्रप्रतिको कर्तव्य पालनलाई हरिका उद्बोधनपरक गीतले अँगालेको देखिन्छ भने राष्ट्र जे हो त्यो समग्रतामा व्याकुल माहिलाले प्रस्तुत गरेका छन् ।
यस गीतमा परोकार गर्न पाइयोस् । जन्मेकै ठाउँमा मर्न पाइयोस् भन्ने भावलाई विश्लेषण गरेर हेर्दा नेपाली युवायुवतीलाई परोपकार गर्न मन भए पनि धन नभएर रोकिनुपरेको चित्कार छ यसमा । आफ्नै देशमा बसेर आफ्ना अग्रजको सेवा सुश्रूषा गरेर एक पेट खान पाएसम्म विदेशिने रहर कसैलाई पनि हुँदैन भन्न खोजिएको देखिन्छ ।
पञ्चायत कालभरि रहेको एउटा परिवारको प्रशस्तीलाई विस्थापन गरेर आएको हाम्रो राष्ट्रगान आकार प्रकार, शब्द चयन, लयविस्तार आदिका दृष्टिले मात्र होइन गायन कालव्याप्तिका दृष्टिले पनि यो गीत उर्जस्वल रहेको छ । हरिले लेखेका वैदिक भावका अरू धेरै गीतको मैले विगतका दिनमा शृंखलाबद्ध रूपमा नै विश्लेषण प्रस्तुत गरेको हुनाले उनका गीतको भाव, समाजलाई सन्देश र गीति संरचना आदिका सम्बन्धमा मात्रै फन्फन्ती घुम्न मलाई अहिले रुचि छैन । आजको जस्तो राष्ट्रबोध र कर्तव्यप्रतिको सञ्चेतनालाई मुटुभित्र पोको पारेर ज्यान बाँच्न र बचाउन तन्नेरीहरू दिनको १५ देखि बीस हजारभन्दा बढी विदेशिन विवश बनाइएका घडीमा हरि मन्जुश्रीको जन्मेका भूमिमा मर्न पाइयोस्को पुकार कम मार्मिक छैन ।
सामान्यतया मान्छेका आवश्यकता भनेका माम, काम र दाम हुन् । जसले आफ्ना आवश्यकता पूरा गर्न सकियोस् । यति भएका युवायुवती विदेशतिर हत्पति हिँड्दैनन् । यी तीनै कुरा नभएपछि नै हो मान्छेले देश छाड्ने । ‘मुलुकबाहिर, मुग्लान्, माइती घर, गंगाप्रवास’ जस्ता उपन्यास र खण्डकाव्यले चित्रण गरेका समस्याको समाधान के आजसम्म पनि भएको छैन त ? हो, छैन । हिजो समस्या एक रूपमा देखिन्थ्यो भने आज त्यही समस्या त्यही चिन्तन अर्को रूपमा फैलेर देखापरेको छ । हिजो साहुको शोषण थियो किर्ते कागजले मान्छेलाई थात न थलो बनाउँथ्यो तर आज बैंक, सहकारीगजुवा, गाउँका सूदखोर राक्षस् र तिनको संरक्षक राजनीतिक दल र सरकार मिलेर त्यस बेलाका ती समस्यालाई झनै विकराल बनाएका छन् ।
बाबुकै पनि लास त जलाउनै पर्छ
यस गीतमा परोकार गर्न पाइयोस् । जन्मेकै ठाउँमा मर्न पाइयोस् भन्ने भावलाई विश्लेषण गरेर हेर्दा नेपाली युवायुवतीलाई परोपकार गर्न मन भए पनि धन नभएर रोकिनुपरेको चित्कार छ यसमा । आफ्नै देशमा बसेर आफ्ना अग्रजको सेवा सुश्रूषा गरेर एक पेट खान पाएसम्म विदेशिने रहर कसैलाई हुँदैन भन्न खोजिएको देखिन्छ । यसरी रोक्यो कसले ? भन्ने प्रश्नको उत्तर दिने हो भने सरकार, सीपहीनता र दैनिक आवश्यक पर्ने सामग्रीको परिपूरण नहुनाले बाध्य भएर मान्छे विदेशिएको हो भन्ने उत्तर आउँछ । त्यसो भए सरकार के गरेर बसेको छ त ?
सहकारी अपचलन, सूदखोर संरक्षण, घूसखोर संरक्षण र कमैया प्रथालाई निरन्तरता कसरी दिन सकिन्छ भनेर डाँडाका टुप्पामा भ्युटावर बनाउने, ल्याण्डलक कन्ट्रीमा पानीजहाजको बतासे गफ हाँक्ने, सके सप्ताहमा नसके तीन महिनामा र त्यो पनि सम्भव नभए छ महिना वर्ष दिनमा त जसरी पनि सरकार परिवर्तन गरेर बसेको छ भन्ने उत्तर जो कोहीले दिन सक्छन् । यसरी हेर्दा यस गीतका समस्याका ग्रन्थि फुकाउने हो भने प्रजातन्त्र आएका वर्षदेखिको समय गणना गर्दा प्रजातन्त्रको नाम जपेर आएका राजनीतिक शक्तिको निकम्मापना देखिन्छ । प्रजातन्त्र आएपछि त अस्थिर सरकार, अस्थिर मूल्यमान्यता उसले उसलाई दोष लाएर सत्ता सयर गर्ने मनसायभन्दा अर्को कुनै पनि चिन्तनै देखिएन ।
त्यसो भएकाले गीत, कविता, नाटक सर्वत्र नै जनताको असन्तुष्टिको भेल बगेको मात्रै देखिन्छ । यति हुँदा पनि आफ्ना मूल्यमान्यता र पौरस्त्य गुरुकुलीय शिक्षामा आधुनिक वैज्ञानिक शिक्षालाई मिसाएर देशको आवश्यकता परिपूरण गर्ने खालको पाठ्यक्रम निर्माण गर्नेतिर अझै हाम्रो चिन्तन विकास भएको देखिँदैन । हुन त ‘गीतेन हन्यते शास्त्रं तच्च नृत्येन हन्यते’ भनिन्छ । कविताभन्दा गीत धेरैले बुझ्छन् । गीतभन्दा नृत्यले धेरैको मन तान्छ भने सबैभन्दा धेरै मन तान्ने सुन, नुन र मदिरा प्रमदा हुन् । देवासुर द्वन्द्वका कुरा गरौं या महाभारतका र प्रथम तथा द्वितीय विश्वयुद्धका कुरा गरौं चुरो कुरो हो कसैका भागमा दूध र भात कसैको भने पुर्पुरामा हात भएर नै यी सबै भएका हुन् । हरिको यो बोधगीतलाई अर्को दृष्टिले पनि व्यख्या गर्न सकिन्छ । अतः अर्को अंगमा म गीतको अभीष्ट व्यख्या गर्नेछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच