
झापा । झापाको कनकाई नगरपालिका – ४ मा सुरुङ्गा प्रहरीले मंगलबार साँझ गोली हानेर दुईजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दुवैजना भारतीय नागरिक भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले जानकारी दिनुभयो ।
कनकाई ४ मा दुईजनाले लागूऔषध लुकाएर राखेको सूचना पाएपछि सुरुङ्गा प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको संयुक्त टोली परिचालित भएको थियोे ।
प्रहरी आएको देखेपछि उनीहरु भागेका थिए । उनेहरुलाई पिछा गर्ने क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो । प्रहरीले रोकिन र नभाग्न चेतावनी दिएपनि उनीहरूले भाग्ने कोसिस गरेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको थियोे ।
प्रहरीले चलाएको दुई मध्ये एउटा गोली अन्जार आलमको बायाँ खुट्टामा लागेको छ । त्यसपछि उनीहरू रोकिएको र पक्राउ गरिएको प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालले बताउनुभयो । पक्राउ पर्नेमा भारत धिघलबैंकका २८ वर्षीय अन्जार र उनका १७ वर्षीय भाइ युसुफ आलम छन् ।
घाइते अन्जारको कनकाई नगर अस्पताल सुरुङ्गामा प्रारम्भिक उपचार पछि मा भर्ना विएण्डसी अस्पताल बिर्तामोड भर्ना गरिएको छ । युसुफलाई इप्रका सुरुङ्गामा राखिएको छ । उनीहरुको साथबाट प्रहरीले ३५ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
सुरुङ्गा लगायतका क्षेत्रमा भारतीय नागरिकले लागूऔषधको कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो । धिघलबैंकबाट झापा बजार हुँदै भारतीय नागरिकले सुरुङ्गा लगायत स्थानमा लागूऔषध पुर्याउने गरेको प्रहरीले सुइँको पाएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच