काठमाडाैं । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित हुनुभएकाे छ । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उहाँ अदालतमा उपस्थित हुनुभएकाे हाे ।
सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएकाले उहाँ आज बयान दिनका लागि जिल्ला अदालत चितवनमा पुग्नुभएकाे हाे ।
अदालतमा उपस्थित भएपछि आजै उहाँको बयान शुरु हुने छ । त्यसपछि थुनछेक बहस हुने छ ।
लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता भएको थियो । लामिछानेविरुद्ध २ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दर्ता भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच