दुई थान भरूवा बन्दुकसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीर

कैलाली । धनगढी उपमहानगरपालिका-१८ एफ गाँउस्थित आर्याघाटबाट भरूवा बन्दुक २ थान र चक्कु १ थानसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१९ बस्ने ३९ वर्षीय गुरू प्रसाद चौधरी, भारत लखिमपुर खिटी नउसर गुलरिया बस्ने ३२ वर्षीय रियासत अली र ४० वर्षीय देसराज राना रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?