
राजविराज । सप्तरीमा दाजुको हत्या गरेको आरोपमा २० वर्ष पछि भाइ पक्राउ पक्राउ परेका छन् ।
२० वर्षअघि दाजुको हत्या गरेको आरोपमा जिल्लाको महादेवा गाउँपालिका ३ बस्ने उमेश रजक छन् ।
२०६१ साल माघ १ गते उमेश र उनका दाजु गणेशीबीच कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका गणेशीको उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका उमेशलाई खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जनाएको छ ।
जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
मङ्गलबार पक्राउ परेका उमेशलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय राजविराजले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच