काँग्रेस संसदीय दलको बैठक शुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुरु भएको छ ।

बिहीवार बिहान संसदको ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ पार्टी पदाधिकारी र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले जवाफ दिनुहुनेछ । गत माघ १८ गते बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आम निर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न माग गरेका थिए ।

सोही विषयमा मन्त्री र पदाधिकारीहरुले आज जवाफ दिनुहुनेछ । साथै आज बस्ने संसदको बैठकमा सरकारले ल्याएको अध्यादेशबारे कसरी प्रश्तुत हुने लगायतका समसामयिक, राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?