जसपा नेपालले अध्यादेशको समर्थन गर्छ, आजै अध्यादेश पारित हुन्छ : काँग्रेस

काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ ।

बिहीवार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकले बैठक काँग्रेसका सम्पूर्ण सांसदलाई संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन निर्देशन दिएको बतउनु भयो ।

राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउन निर्देशन दिएको छ । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानून निर्माण गर्न बाँकी रहेको भन्दै संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्व संसदमा प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ ।

विचाराधिन रहेको विधेयकहरु आउँदो अधिवशेनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भुमिका निर्वाह गर्न नेपाली काँग्रेसका सम्पूर्ण सांसदहरुलाई निर्देशन गरेको छ ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढिकरणका लागि संविधानको सार्थक कार्यान्वयन आजको महत्वपूर्ण एजेण्डा हुन् । नेपाली काँग्रेस संसदीय दलको यो बैठक काँग्रेसका सम्पूर्ण मान्य सदस्यहरु, संसद र समितिका गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन, राष्ट्र र जनताका हितमा पूर्ण रुपमा समर्पित रही काम गर्दै सोहीअनुसार विधायनको कार्य गर्ने जनताका सरोकारका विषय सदनमा उठाउने प्रतिवद्धता व्यक्त गर्दछ । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ गर्न संविधानको व्यवस्थाबमोजिम धेरै कानून निर्माण गर्न बाँकी छन् । संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्व संसदमा प्रश्तुत गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । संसदमा विचाराधिन रहेको विधेयकहरु आउँदो अधिवशेनबाट पारित गर्न संसदीय समितिमा आवश्यक नेतृत्वदायी भुमिका निर्वाह गर्न नेपाली काँग्रेसका सम्पूर्ण मान्य सदस्यहरुलाई यो बैठक निर्देशन गर्दछ । 

आर्थिक तथा व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धि ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धी १२, भूमिसम्बन्धी ३, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन,  २०७६, निजीकरण ऐन, २०५० र सहकारी ऐन, २०७४ समेत गरी २९ वटा विद्यमान ऐनमा केही समसामयिक विषयमा सम्बोधन गर्न कार्यविधिगत स्पष्टता गर्न केही प्रावधान संशोधन गरी नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्युबाट जारी भएको अध्यादेशहरुलाई यो बैठक समर्थन गर्दछ । 

आज अध्यादेशहरु सबै पेश हुन्छ र यसमा ५१ वटा अस्वीकारका सूचना परेका छन् । यो सबैमाथि छलफल हुन्छ । अस्वीकारका सूचना अस्वीकार गरिनेछ । अध्यादेश पास हुनेछ । प्रतिनिधि सभामा केही समस्या छैन, राष्ट्रिय सभामा समस्या हो, त्यो मिलिसक्यो, जसपा, नेपालले समर्थन गर्दछ । प्रधानमन्त्रीलाई हिजो पनि भोट हालेको हो । उहाँहरुबाट पूर्ण रुपमा सहयोग हुनेछ । उहाँहरु समर्थन गर्ने कुरामा उहाँहरु सकारात्मक हुनुहुन्छ ।’

अध्यादेश संसदबाट पारित गर्नका लागि प्रतिनिधि सभामा सहज भएपनि राष्ट्रिय सभामा केही सदसयको कमी हुने भएकाले जनता समाजवादी पार्टी, नेपालले सहयोग गर्ने सहमति बनिसकेको बताउनु भयो । उहाँले जसपा, नेपालले समर्थन गरेसँगै आजै अध्यादेश पारित हुने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?