
हेटौंडा। मानव अधिकारको क्षेत्रमा कार्यरत् रक्षकहरुले बालबालिकाको हितमा काम गर्दा झेल्नुपरेका समस्या, आश्रममा आश्रित बालबालिकाको जन्मदर्ता बनाउदा झेल्नुपरेका समस्यालगायतबारे चिन्ता जनाएका छन् ।
उनीहरुले मानवअधिकार क्षेत्रमा काम गर्दा भोग्नुपरेका समस्याले न्याय मरेको महसुस भएको, मठमन्दिरमा भएको जातीय विभेद, मनहरी गाउँपालिकास्थित बनकरिया र चेपाङ समुदायका समस्या, बसपार्क क्षेत्रहरुमा नाबालिकलाई यौनधन्दामा लगाइएका जस्ता कुराहरु उठाएका छन् ।
मानव अधिकारको अवस्थाका विषयमा भएको अन्तर्कियामा उनीहरुले गुनासोका पोका फुकाए । जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकारः दीगो शान्ति र समृद्धिको आधार भन्ने नारासाथ मानवअधिकार आयोगको आयोजनामा बागमती प्रदेशको मानवअधिकारको अवस्थाका विषयमा मानवअधिकार क्षेत्रमा काम गर्नेहरुसंग एक दिन अन्तर्किया भएको हो ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगरले मानवअधिकार क्षेत्रमा आयोगले काम गरिरहेको बताउनुभयो । घरभाडामा बस्दा हुने जातीय विभेदका उजुरीको समेत सम्बोधन गर्दै आइरहेको उहाँले बताउनु भयाे । हाल पनि छाउपडीका घटना आयोगमा दर्ता हुन आउने गरेको र त्यसको सम्बोधन हुने गरेको र छाउपडी बनाइएका कति घर भत्काइएको बाउदै उहाँले मानवअधिकार क्षेत्रमा काम गर्न सधैं तत्पर रहेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले स्थानीय सरकारले मानवअधिकार क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सरकारका तीन तहले पिछडिएका वर्गको पक्षमा गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभएकाे उहाँले मानवअधिकार रक्षकहरु नै चुनौतीमा रहेको बताउँदै मानवअधिकार रक्षकका लागि राज्यले विशेष कानुन ल्याउनुपर्ने माग गर्नुभयो ।
मानवअधिकार आयोगका हरेक क्रियाकलापमा साथ दिन आफूहरु प्रतिबद्ध रहेको गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटाले बताउनुभयो । सरकारले धेरै राम्रो काम गरेको र अझै थुप्रै काम गर्न बाकी रहेको उहाँको भनाइ थियो । मानवअधिकार रक्षकहरुलाई आफैं बाच्न मुस्किल हुने अवस्था सिर्जना भएकोमा उहाँको गुनासो छ ।
कार्यक्रममा राष्ट्रियमानव अधिकार आयोग प्रदेश कार्यालय निमित प्रमुख उपसचिव पवनकुमार भट्ट, राष्ट्रिय मानवअधिकार आयोग केन्द्रीय कार्यालय प्रशासन प्रमुख सुबोध पोखरेल, उच्च अदालत बार हेटौंडा अध्यक्ष अरुण खतिवडा, नेपाल पत्रकार महासंघ बागमती अध्यक्ष कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश कार्यबाहक अध्यक्ष कमल बिश्वकर्मा, जिल्ला बार मकवानपुर अध्यक्ष उत्तमकुमार बस्नेतलगायत मानवअधिकार क्षेत्रमा कार्यरत् संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच