
काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसदमा कुण्ठा पोखेको भन्दै संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताउनु भयो ।
उहाँले प्रमुख प्रतिपक्ष दलका नेताले अध्यादेशमाथि धेरै आक्रमण गरेको भन्दै कुन अध्यादेशको दफाले नागरिकको अधिकार खोसिन्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ भनेर भन्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बढो रमाइलो दृश्य हाम्रो संसदमा देखिँदा अत्याधिक खुशी लागेको छ । जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा जुन खालको -याङठ्याङ आज मिलेको देखियो यो वास्तवमै रमाइलो छ । आज प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालको भाषण निकै ध्यानपूर्वक सुनेँ । उहाँले अध्यादेशलाई निकै आक्रमण गर्नुभयो । तर ६ वटा अध्यादेशमा २९ वटा कानून संशोधनको प्रश्ताव अगाडि सारिएको छ । तर ति संशोधन गरिएका दफाहरुमध्ये कुन दफाले नेपाली जनताको लोकतान्त्रिक अधिकारमा हानी पुग्छ, कुन दफाले वाक प्रकाशन स्वतन्त्रता खोस्छ, नागरिक अधिकार खोस्छ, नैसर्गिक अधिकार खोस्छ, एउटा पनि उदाहरण प्रतिपक्ष दलको नेताले दिन सक्नुभएन । यो कुण्ठा अभिव्यक्त गर्ने ठाउँ संसद होइन । संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले बोल्दा भाषण सुनेर बस्ने देशवासीलाई यो प्रमुख प्रतिपक्ष दलको नेताले भनेको ठिक छ भन्ने होस् न ।’
सांसद पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउ र धनमा हान्नेहरु र खुरुखुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुको बीचमा भएको ¥याङठ्याङ रोचक रहेको टिप्पणी गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच