
त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालको उच्च शिक्षाको मुख्य धरोहर हो । यसको ठीक समाचारको अर्थ नेपालको उच्च शिक्षाको अधिकांश स्वास्थ्य राम्रो छ बुझिन्छ । तर, विगतदेखि आज करिब एक दशकको हिसाब नै हेर्ने हो भने टाइम्स हायर एड्युकेशन (लण्डन)को विश्वकै स्तरीय र्यांकिङमा त्रिविको स्तर माथि उकास्नुपर्नेमा झन् तल खस्केर र्यांकिङबाट लिस्टिङमा हुत्तिएको छ भने मेरिटोक्रेसीमा रहेर विज्ञापनमार्फत् तात्कालीन माओवादी केन्द्रका प्रधमनमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत २०८० फागुन १० गते नितान्त आफ्नो मान्छे प्राडा.केशरजंग बराललाई त्रिविमा उपकुलपतिमा नियुक्त गर्दा त्रिविमा शैक्षिक क्यालेण्डर लागू गर्ने, शुल्क समायोजन गर्ने, समयमा परीक्षाको नतिजा प्रकाशन गर्ने, विद्यार्थी विदेश पलायन रोक्ने, पठनपाठन नियमित गर्ने, अनुसन्धानलाई तीव्र पार्ने, उच्च शिक्षामा लगानी/स्रोत बढाउने, दलगत राजनीति त्रिविबाट हटाउने जस्ता अन्य थुप्रै प्रतिबद्धता जनाएका कुरा सार्वजनिक मिडिया तथा त्रिविकै पनि फेसबुकमा पढ्न सकिन्थ्यो ।
प्रथम-पटक त्रिविमा कम्तीमा तीन वर्षको लगातारको मिहिनेतपछि तात्कालीन भिसी प्राडा.तीर्थराज खनियाँले र्यांकिङ आधारहरू वैज्ञानिक अनुसन्धान, शिक्षाको गुणस्तर, खोजबिनलगायत धेरै कुरा पत्ता लगाएर त्रिविलाई पनि विश्वस्तरमा राख्ने पवित्र सोचले अघि बढेका थिए ।
आजको दिनमा हेर्दा भिसी बरालले सार्वजनिक प्रतिबद्धता एउटा थियो तर व्यवहारमा अर्कै भइरहेको छ । त्रिविको र्यांक झन् खस्केको छ भने दलगत राजनीति उनले नै उल्टै दलगत कार्यक्रम त्रिविभित्र गर्न दिएर अनि सावधिक पद डिन, डाइरेक्टर, क्याम्पस प्रमुख, सह-नियन्त्रक आदिमा दिनैपिच्छे विज्ञापन गरेर अव्यवस्थित ढंगले विज्ञापनहरू गराई स्वयं भागबण्डामा निर्लिप्त देखापरिरहेका छन् । शैक्षिक क्यालेण्डरलाई व्यवस्थित गर्न र परीक्षाको नतिजा सक्दो चाँडो निकाल्नेमा प्रयास भइरहेको देखिए पनि विद्यार्थी विदेश पलायन रोक्न कुनै ठोस कार्य चाल्न नसकेर उल्टै सरुवा, बढुवामा आफ्नो मान्छे च्याप्नेतर्फ ध्यानमग्न देखिन्छ, जबकि रेक्टर र रजिष्ट्रारसमेत उनकै रोजाइका टिम हुन् । अवश्य पनि सरकारको राष्ट्रिय समस्यामा सकारात्मक भूमिकाले मात्र विश्वविद्यालयले काम गर्ने हो । यो लेख त्रिविमार्फत् नेपालको उच्च शिक्षा उकास्नमा को कति जिम्मेवार छन्, त्यसलाई संक्षेपमा उठान गरेर सपार्नेतिर सम्बन्धित जनको ध्यानाकृष्ट गराउनेमा केन्द्रित छ ।
त्रिविमा र्यांकिङको रोचक कथा
संसारमा विश्वविद्यालयहरूको स्तरीकरण गर्ने विभिन्न निकाय छन् जसमा केही निश्चित् तरिकाहरू/प्यारामिटर्स हुन्छन् र सन् २०२५ का लागि सन् २०२४ को सेप्टेम्बरतिर नै र्यांकिङ गरिन्छ । उदाहरणका लागि यस वर्षमा सिडब्ल्युयुआरले गरेको र्यांकिङ नेपालको त्रिवि (सन् २०२४) संसारका २०,९६६ वटामध्ये १७३२औं स्थानमा छ, पर्सेन्टाइल टप ८.३ प्रतिशत, एशियामा ६४४औं स्थानमा, अनुसन्धानमा १६५६औं, नेपालमा पहिलो स्थानमा र ओभरअल स्कोर ६७.१ छ । यसले ¥यांकिङ लागि शिक्षा, रोजगार, फ्याकल्टी जनशक्ति र अनुसन्धानलाई आधार बनाउँछ । तर, विश्वमा यस्तो र्यांकिङको उच्चत्तम महत्व लण्डनस्थित टाइम्स हायर एड्युकेशनले गरेकोलाई लिइन्छ ।
स्तम्भकारले बुझेअनुसार प्रथमपटक त्रिविमा कम्तीमा तीन वर्षको लगातारको मिहिनेतपछि तात्कालीन भिसी प्राडा.तीर्थराज खनियाँ (साल २०७२-२०७६ सम्म)ले र्यांकिङ आधारहरू वैज्ञानिक अनुसन्धान, शिक्षाको गुणस्तर, खोजबिनलगायत धेरै कुरा पत्ता लगाएर त्रिविलाई पनि विश्वस्तरमा राख्ने पवित्र सोचले अघि बढेका थिए । ¥यांकिङमा १००० भन्दा बाहिर परेका विश्वविद्यालयबाट अक्सफोर्ड, क्याम्ब्रिज वा एमआइटी (अमेरिका) जहाँ जाँदा पनि फेरि स्नातकोत्तर पढ अनि बल्ल विद्यावारिधि गर्न पाउँछौं भनेर नेपालका विद्यार्थीलाई हदैसम्म दुःख भोग्नुपथ्र्याे । खनियाँले आफ्नो कार्यकालमा त्रिविलाई १००० भित्र पारिसकेका थिए र उनको लक्ष्य ५०० भित्रमा ल्याउनु थियो किनकि निश्चित ¥यांकिङभित्र परेका विश्वविद्यालयबाट मास्टर्स उत्तीर्णले एकैचोटी पिएचडी भर्ना हुने, स्कलरसिपमा यति पाउने, शुल्कमा छुट वा अन्य सुविधा पाउने भन्ने हुन्छ ।
र्यांकिङमा भने टप १०, टप १००, टप ५००, टप १००० र १००० भन्दा पर १२०० अनि १५०० पर गरिन्छन् । तर, यसपालि अर्थात् सन् २०२४ मा आगामी सन् २०२५ का लागि गरिएको टाइम्स हायर एड्युकेशनको र्यांकिङमा त्रिवि भने १५०० भन्दा पर पर्न गएको छ, जुन र्यांकिङ नभई मात्र लिस्टिङ भयो । अतः लिस्टेड युनिभर्सिटीको र्यांक नम्बर नभई केवल नाम हुन्छ कि संसारमा यो पनि युनिभर्सिटी छ र सुविधा केही नपाई उच्च र्यांकिङ भएका युनिभभर्सिटीमा त्रविका उत्पादनले पढ्न पनि अप्ठ्यारो हुन्छ ।
खनियाँपछि त्रिविमा लेफ्ट भिसी प्राडा.धर्मकान्त बास्कोटाको पालामा त्रिविको स्तर टाइम्स हायर एड्युकेशनमा झरेर १००० देखि १२०० भित्र गयो । हाल त्रिवि सुधार्छु, दलगत राजनीति हटाउनेछु, मेरिटोक्रेसिलाई स्थापित गर्नेछु भन्ने प्रणका साथ विज्ञापनबाट नियुक्त भिसी प्राडा.केशरजंग बरालको पालामा त्रिवि १५०० भन्दा पर पुगिसक्यो ! तर कसैलाई केही मतलब छैन । त्रिविको स्तरोन्नति अर्थात् माथि उकास्नलाई माथिका केही आधारका अलावा रिसर्च साइटेशन, पब्लिकेशन, संसारमा के परिवर्तन ल्यायो त्रिविले, त्रिविमा विदेशी विद्यार्थी र प्राध्यापक बढाउने, टूल्सहरू बढाउने, रिसर्चको पेटेन्ट राइटस देखाउने (जस्तै, कोरोनाको समयमा अक्सफोर्डले भ्याक्सिन बनायो), नेपालका विद्यार्थीलाई विदेशमा पठाउनुपर्ने, कोर्सको अन्तर्राष्ट्रियकरण गरिनुपर्ने आदितर्फ ध्यान दिनुपथ्र्याे, जुन दिइएन ।
आज सवाल उठेको छ कि डेमोक्रेट भिसी खनियाँले आफैंले नेपालबाट त्रिविलाई टाइम्स हायर एड्युकेशन विश्वमान्यता प्राप्तमा साल २०७४ पछि केपी ओली सरकारको पालामा चरम असहयोग पाएर पनि स्वयंको पैसाले पहिला बैंककको टिकट काटी एक प्रकारले लुकेर लण्डन पुगिकन त्रिविको र्यांकिङ थालेर १००० भित्र पारेकालाई वामपन्थी भिसीहरू प्राडा.धर्मकान्त बास्कोटा र हाल बरालले पनि १५०० भन्दा पनि पर धकेलिदिएकामा जिम्मा कसले लिने ? ज्ञातव्य छ, सो बेला खनियाँ प्रशासनकी माओवादीबाट रेक्टर सुधा त्रिपाठी तत्कालीन कुलपति केपी ओलीले विदेश जान नदिने भनेर डराएर मोबाइलको स्विच अफ गरेर लुकेकी थिइन् । सो बेला कुलपति ओलीले नेपाल संस्कृत विश्वविद्यालयका भिसी प्राडा.कुलप्रसाद कोइरालालाई जायज शैक्षिक कार्यक्रममा क्यानडा जानबाट एमाले नहुँदा त्रिभुवन विमानस्थलबाट अपमानपूर्वक फर्काएका थिए ।
त्रिवि जोगाउने अभिभारा सरकार, पदाधिकारी, प्राध्यापक सबैको
पृष्ठभूमिमा वर्णित घट्नाहरू झैं आज त्रिविलाई सार्वजनिक प्रतिबद्धता गरे अनुसार भिसी केशरजंग बरालले स्तर उकास्ने, शैक्षिक गतिविधि बढाउने, मेरिटोक्रेसीमा काम गर्ने, टाइम्स हायर एड्युकेशनमा स्त्तरोन्नति गराउने नभई तथा कुनै पनि क्रिएटिभ वा कन्स्ट्रक्टिभ काम नभई केवल दलगत मान्छेलाई विज्ञापनको नाटकमा नियुक्ति बाँडिदैछ । त्रिवि पदाधीकारी र नेपाल सरकारसँग खराब सम्बन्ध छ, सभाबाट बजेट पास गराउन नसक्नेले थप लगानी सरकारबाट त्रिविमा कहाँबाट ल्याउने ? आज काठमाडौं विश्वविद्यालयमा बरू अन्तर्राष्ट्रिय प्राज्ञिक बहस हुन्छन् तर त्रिविमा हुँदैनन् । न परीक्षा प्रणालीमा सुधार छ, न त्रिविको स्वायत्तता नेपाल सरकारको हस्तक्षेपबाट जोगिएको छ ।
खनियाँ प्रशासनकी माओवादीबाट रेक्टर सुधा त्रिपाठी तत्कालीन कुलपति केपी ओलीले विदेश जान नदिने भनेर डराएर मोबाइलको स्विच अफ गरेर लुकेकी थिइन् । सो बेला कुलपति ओलीले नेपाल संस्कृत विश्वविद्यालयका भिसी प्राडा.कुलप्रसाद कोइरालालाई जायज शैक्षिक कार्यक्रममा क्यानडा जानबाट एमाले नहुँदा त्रिभुवन विमानस्थलबाट अपमानपूर्वक फर्काएका थिए ।
एकातिर त्रिविको सेवा आयोगमा लोकसेवा आयोगको हस्तक्षेप छ भने अर्काेतिर त्रिविका सम्पत्ति नयाँ विश्वविद्यालय खोल्ने नाममा सरकारले वा व्यक्तिहरूले भाडामा लिई भाडा पनि नदिने, खाली नगर्ने गरेर खोसिरहेका छन् । थुप्रै अन्य अवस्था अझै देखिन्छन् जसमा वर्तमान भिसी बरालका प्रशासन त्रिविमा ‘नेतृत्वविहीन’ जस्तो छ, जुन् अझ उच्च शिक्षाका लागि निराशाजनक प्रतीत हुन्छ । बराल प्रशासनले पोखरामा चिनियाँ लगानीको शैक्षिक गोष्ठीमा दलका नेतासँग आफूसहित रेक्टर र रजिष्ट्रारसमेतलाई मर्यादा नाघेर नचाउँछन् तर अमेरिकी संस्था युनिभर्सिटी तथा कलेजहरूको युनियनकी अध्यक्ष नेपाल आउँदा के अंग्रेजी बोल्न जानु भनेर आफू नगई अन्य पदाधिकारीलाई पनि जान सजिलो मान्दैन । यसले गर्दा उनमा त्रिविबारे भिजनलेसको अवस्था देखाउँछ, यो चिन्ताजनक विषय हो ।
नेपाल/त्रिवि प्राध्यापक संघ (टुटा र नुटा) हरूले उच्च नैतिकवान रहेको महाधिवेशनहरू गराएर, उच्च शिक्षाका जल्दाबल्दा समस्यामाथि छलफल, गोष्ठी, कार्यपत्र प्रस्तुत, अनुसन्धान आदि गरेर, सबै प्राध्यापकका जायज समस्या पदाधिकारीबाट पूरा गराएर अनि विश्वविद्यालयमा सरकारको लगानी बढाएर तथा सेवा आयोगलाई त्रिविको स्वायत्तताको परिधिमा रहेर सुचारु गरेर देखाउनुपर्ने आजको जरुरत देखिन्छ । वैचारिक प्राध्यापक संघ, संगठनहरूले त्रिवि पदाधिकारीका जायज कुरामा सहयोग गरी स्वेच्छाचारितमा अंकुश लगाउन सक्नुपर्छ भने टुटा र नुटालाई बन्धक बनाएको अवस्थाबाट मुक्त गर्नुपर्ने भएको छ ।
पछिल्लो समयमा सरकारको रवैया त्रिविप्रति ठीक र उचित नरहेको आमबुझाइ छ । सरकारले उच्च शिक्षामा हालको लगानीबाट कम्तीमा पाँच गुणा बढी बढाउनुपर्ने देखिन्छ ताकि अनुसन्धान कार्य तालिम र गोष्ठीसँगै बढोस् तर सरकारले त मन नपरे बजेट पास गर्छ अनि नीति तथा कार्यक्रम रोक्छ । सावधिक पदको नियुक्तिमा अदृश्य हस्तक्षेप गर्न सरकारले नै समयसीमा तोकेर त्रिवि स्वायत्त निकायको बैठक त्रिविभन्दा अन्यत्र सरकारको घर सिंहदरबार वा बालुवाटारमा बसाउँछ । एकातिर समाजशास्त्रको प्राध्यापकको विज्ञापन कोही शिक्षामन्त्रीले स्वयं प्रहरी लिएर भयत्रासको वातावरणमा स्वयं दलकी नेतृ भएर लिन त्रिविमा जान्छिन् भने त्रिवि सेवा आयोगको जाँच लोकसेवालाई दिएर त्रिविले कस्तो आफ्नो प्राध्यापक छान्ने हो ।
त्यस अधिकारलाई खोसेर कर्मचारीतन्त्रलाई जिम्मा लगाएको गैरप्राज्ञिक र स्वतन्त्रता र स्वायत्ततामाथि धावा बोलेको अवस्था छ । सरकारले प्लस-टुपछि नेपाली विद्यार्थीले उच्च शिक्षा पढ्न विदेश पलायन रोक्नुपर्नेमा उल्टै शिक्षामन्त्री निवर्तमान र वर्तमानसमेतले कोही नो अब्जेक्सन सर्टिफिकेट दिलाउन स्पटमै पुगेर फाष्ट गराउँछिन् भने दुवैले नेपालमा विदेशी युनिभर्सिटीबाट सम्बन्धनप्राप्त निजी कलेजले मनपर्दी शुल्क उठाएर अनि बिनाप्रवेश परीक्षा विद्यार्थी भर्ना लिई पढाएका तथा क्युएए पनि पूरा नगरेकालाई नियमन गर्ने ठाउँमा सातखत माफ दिन्छ । यस्ता कार्यले त त्रिवि र उच्च शिक्षा यहाँ सुध्रिनुको साटो सरोकारवालाहरूले नै विद्यार्थी विदेश पठाएर कमिसनको रकम नेपालमा खाएर बसिकन त्रिविमा ताल्चा लगाउने सोचमा रहेका हुन् कि भन्ने संशय प्राज्ञिक जगतमा व्याप्त छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच