
काठमाडौं । आजबाट प्रेम सप्ताह (भ्यालेन्टाइन विक) सुरु भएको छ । प्रेमिल जोडीले यस सातालाई प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने गर्दछन् । आज फेब्रुअरी ७ अर्थात् ‘रोज डे’ हो ।
‘भ्यालेनटाइन विक’ हरेक वर्ष फेब्रुअरी ७ तारिखदेखि सुरु भएर १४ तारिखसम्म मनाउने गरिन्छ । आजकै लागि भनेर फूल व्यापारीहरूले आआफ्नो पसल गुलाफले सजाएका छन् ।
‘रोज डे’ का दिन दिने गुलाफका रंगहरुले पनि भिन्नाभिन्नै अर्थ राख्छन् ।
गुलाबको रंगको विशेषता
रातो गुलाफ– रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ ।
सेतो गुलाफ– सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन सकिन्छ ।
गुलाबी रंगको गुलाफ– गुलाबी रंगको गुलाफ मायाको प्रतीक मानिन्छ ।
सुन्तला रंगको गुलाफ( सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच