
झापा । झापाको पन्थापाडामा बिहीबारदेखि मुस्लिम धर्मावलम्बीको दुई दिने विराट इज्तेमा सुरु भएको छ ।
अहले हदिस झापाको ब्यानरमा सुरु धार्मिक कार्यक्रममा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका मुस्लिम धर्मावलम्बी सहभागी हुँदैछन् । सात हजार बढीको सहभागिता रहने कार्यक्रममा मुलुक बाहिरबाट सो सम्प्रदायका मानिस आउने क्रम जारी छ ।
ठूलो संख्या र विदेशबाट पनि सहभागी आउने भएपछि झापा–४ पन्थापाडा क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । धार्मिक संवेदनशीलतालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दको नेतृत्वमा १२१ र सशस्त्र प्रहरीका डीएसपी विश्वराज योञ्जनको कमाण्डमा ७४ सशस्त्र प्रहरी गरी १९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
कार्यक्रमका लागि सुरक्षा निकायले अनुमति दिन मानेको थिएन । धार्मिक सद्भाव कायम राख्ने आयोजकको प्रतिबद्धता पछि जिल्ला प्रशासन कार्यालय झापाले कार्यक्रमका लागि अनुमति दिएको हो।
सुरक्षा निकायका अनुसार भारतबाट आउने सवारी साधनलाई चेकजाँच गरेर मात्रै प्रवेशको अनुमति दिने व्यवस्था मिलाइएको छ । प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई सिधै कार्यक्रम स्थलमा प्रवेश गर्न दिएको छैन। सीमामा रोकेर चेकजाँच पछि मात्रै प्रवेश दिने गरिएको छ । भारतबाट आउने सहभागीले परिचय खुल्ने कागजात देखाउनु पर्छ । नत्र प्रवेशमा कडाइ गरिएको छ ।
धार्मिक कार्यक्रमको संवेदनशीलतालाई ध्यानमा राखेर त्यस्तो गरिएको सुरक्षा निकायले जनाएको छ । भारत किशनगञ्जका धार्मिक गुरु मौलना सईदुर रहमानको प्रमुख आतिथ्यता र अहले हदिस झापाका अध्यक्ष मोहम्मद ताहिरको अध्यक्षता सुरु कार्यक्रम शुक्रबार सकिने छ ।
अहले हदिस झापाका सचिव वासेद अलीले पहिलो दिन मोरङका मौलना अतहर मदनी र भारत झारखण्डका मौलना सादाव खान मुख्य वक्ता रहेको जनाएका छन् । मोहम्मद ताहिर , मुल्वी , मौलना अतहर मदनी , मौलना सादाव खान लगायत धार्मिक वक्ता छन् ।
सचिव अलीका अनुसार कार्यक्रममा धार्मिक गुरुहरु आउने क्रम जारी रहेको छ । त्यहाँ १५ हजार मानिस अट्ने पण्डाल निर्माण गरिएको छ । पहिलो दिन नै सहभागीको भीड देखिएको छ ।
त्यहाँ रुचि अनुसारका खानाका स्टलहरु राखिएको छ । स्टलमा सादा खाना एकसय , चिकेन खाना डेढ सय र विरयानीलाई दुई सय निर्धारण गरिएको छ । सबै स्टलमा मूल्यको एकरुपता छ ।
आयोजकले निःशुल्क आँखा जाँच र प्राथमिक उपचारको व्यवस्थासमेत मिलाएको छ । कार्यक्रम स्थलमा बस्नका लागि अस्थायी टहरा र शौचालय निर्माण गरिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच