झापा । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते झापा बिर्तामोड नगरपालिका ५ का एक युवाको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ । अर्का एक युवाको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू चढेको मे. १० प २६२४ नम्बरको मोटरसाइकल कनकाई नगरपालिकाको १ विमल चौतारा दुर्गापुर–खुदुनाबारी भित्री सडकखण्डमा बुधबार मध्यराति दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय सिद्धार्थ साह र सो मोटरसाइकलमा पछाडि बसेका बिर्तामोड- ५ कै २४ वर्षीय सुमित सोनी (साह) घाइते भएका थिए ।
सुमितको उपचारको क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती युवा मध्यराति किन त्यहाँ गएका थिए अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता कृष्ण चन्दले बताउनुभयो । दुर्घटनास्थल बिर्तामोडबाट करिब ८ किलोमिटरको दुरीमा पर्छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं