
झापा । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते झापा बिर्तामोड नगरपालिका ५ का एक युवाको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ । अर्का एक युवाको विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू चढेको मे. १० प २६२४ नम्बरको मोटरसाइकल कनकाई नगरपालिकाको १ विमल चौतारा दुर्गापुर–खुदुनाबारी भित्री सडकखण्डमा बुधबार मध्यराति दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक २८ वर्षीय सिद्धार्थ साह र सो मोटरसाइकलमा पछाडि बसेका बिर्तामोड- ५ कै २४ वर्षीय सुमित सोनी (साह) घाइते भएका थिए ।
सुमितको उपचारको क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती युवा मध्यराति किन त्यहाँ गएका थिए अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता कृष्ण चन्दले बताउनुभयो । दुर्घटनास्थल बिर्तामोडबाट करिब ८ किलोमिटरको दुरीमा पर्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच