
इलाम । इलामको पश्चिमी गाउँपालिका फाकफोकथुमको केन्द्र रहेको आमचोक बजार क्षेत्र व्यवस्थित गर्न थालिएको छ । कालोपत्रे सडकले नजोडिएको गाउँपालिकाको केन्द्र आमचोक बजार प्रदेश सरकारको बजेटबाट व्यवस्थित गर्न थालिएको हो ।
पश्चिम इलाममा अवस्थित गाउँपालिकाको केन्द्र रहेको आमचोक क्षेत्रको सडक व्यवस्थित थिएन । बजार क्षेत्रमा हिउँदमा धुलो र वर्षातमा हिलो हुँदा सर्वसाधारणलाई आवतजावतमै समस्या रहेको थियो । उक्त समस्या समाधानका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा काम सुरु गरेका थियो ।
बजार क्षेत्रको सडक चौडा गरि पक्कि गर्ने काम अहिले भइरहेको छ । सडक चौडासँगै कालोपत्रे र ढलाई हुँदै आएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताउनुभयो ।
आमचोक बजार व्यवस्थित गर्न २०८०÷०८१ मा ५० लाख रुपैयाँ खर्च भएको थियो । ५० लाख बजेटबाट सडकमा पक्कि ढलान गरिएको हो । बजार क्षेत्रको सडक चौडासँगै पक्कि नाला बनाउने काम चालु आर्थिक वर्षमा हुँदै आएको फाकफोकथुम गाउँपालिका ३ का अध्यक्ष दिपेन्द्र लिम्बुले बताउनुभयो ।
चालु आर्थिक वर्षमा ५० लाख बजेट प्रदेश सरकारबाट बिनियोजन भइ काम हुँदै आएको हो । चालु आर्थिक वर्ष आमचोक बजार क्षेत्रको १ किलोमिटर नालासहित सडक कालोपत्रे स्तरमा निर्माण हुनेछ । बजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्र पर्ने टहरा भत्काएर ढल व्यवस्थापनका लागि पक्कि नाली सहितका पूर्वाधार निर्माणहुँदै आएको हो ।
सहरी सडक व्यवस्थित भएपछि गाउँपालिकाको केन्द्र माहिलो र धुलोको समस्या अन्त्य हुनेछ । गाउँपालिकाका स्थापना भएको ७ वर्षपछि आमचोक बजार व्यवस्थितहुँदा स्थानीय उत्साहित समेत भएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच