झापा । झापा बिर्तामोड नगरपालिका-४ को एभरेष्ट होटलमा केटी साथीसँग रहेका एक युवाको मृत्यु भएपछि होटल सञ्चालक र अर्को एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा हल्दीवारी गाउँपालिका-१ गोलधापका ३० वर्षीय सागर बेस्रा (सन्थाल) केटी साथीसँग सो होटलमा बसेका थिए । राति खाना खाएर कोठामा सुतेका बेस्रा बेहोस अवस्थामा फेला पारेका थिए । उनलाई विर्तासिटी अस्पताल पुर्याइए पनि चिकित्सकले उनको मृत्यु भइसकेको जनाएका थिए । उनको मृत्यु भएपछि होटल सञ्चालक बिर्तामोड-५ की ४८ वर्षीया यामकुमारी उप्रेती र बेस्राकी केटी साथी मुना विकलाई पक्राउ गरिएको बिर्तामोड प्रहरीले जनाएको छ ।
अन्दाजी २३ वर्षीया मुना सुनसरी धरान उपमहानगरपालिका-१५ घर भई हाल झापा कनकाई नगरपालिका-७ दुर्गापुर बस्दै आएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच