लुम्बिनी प्रदेशको दोस्रो ठूलो पुरस्कारको सूर्यनगर गोल्डकप फाल्गुन ७ देखि हुने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । लुम्बिनी प्रदेशकै दोस्रो ठुलो एवं आकर्षक पुरस्कार राशी रहेको सूर्यनगर गोल्डकपकाे नवाैं संस्करण हुने भएको छ । लुम्बिनी प्रदेशकाे तिलोत्तमा गोल्डकप पहिलाे हो भने सूर्य नगर गोल्ड कप दोस्रो ठुलो पुरस्कार राशि रहेको फूटबल प्रतियोगिता हो । फाल्गुन ७ गते देखि गोल्डकप सुरु हुने भएको भएको हो ।

नवयुवा क्लब बर्दघाट १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने फुटबल प्रतियोगिता सञ्चालनका लागि यतिबेला सुर्यनगर रंगशाला सजिसजाउको काम भैरहेको छ भने माटो फिलिङ,प्याराफिट रङरोगनलगायतका काम सम्पन्न भैसकेको छ ।

यसपटकको प्रथम पुरस्कार राशी ६ लाख ६६ हजार ६ सय ६६ रुपैया हुनेछ भने द्वितीय पुरस्कार राशी ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहने बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले जानकारी दिनुभयो । ८ औं संस्करण सम्म प्रथम पुरस्कार ५ लाख र द्वितीय पुरस्कार ३ लाख रहेकोमा अहिले वृद्धि गरिएको आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि बर्दघाट नगरपालिकाले १० लाख रुपैया बिनियोजन गरेको छ । फाल्गुन ७ गते उद्घाटन खेल हुने भएकाले पुर्वतयारी स्वरुप मुलतः ब्यवसायी, संघ संस्था, सहयोगी महानुभावहरु, स्थानिय पालिकाहरुमा आर्थिक संकलनका कामहरु भैरहेको नव युवा क्लबका अध्यक्ष धन सिंह चितौरेले बताउनु भयो ।

सुर्यनगर गोल्डकपलाई बर्दघाट नगरपालिका र यस क्षेत्रको समग्र परिचयको रुपमा लिने गरिन्छ भने आम खेलप्रेमी र खेलाडीहरुले पनि यसलाई फुटबलको महाकुम्भको रुपमा लिने गर्दछन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?