
काठमाडाैं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कांग्रेस नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ।
धरान खानेपानी योजनामा २४ करोड रुपैयाँको अनियमितता भएको आरोप लगाउँदै मेयर साम्पाङले नेता विश्वकर्मामाथि छानबिनको माग गर्नुभएको हो ।
विश्वकर्माले एक टेलिभिजन अन्तर्वार्तामा धरान खानेपानी योजनाबारे गरेको टिप्पणीको विषयलाई लिएर साम्पाङले अख्तियारमा उजुरी दिनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरीको जानकारी दिँदै साम्पाङले लेख्नुभएको छ, ‘अख्तियारलाई फेरि एउटा काम दिएँ मैले आज, हेरौँ कतिको इमानदार भएर काम गर्दो रैछ । २४ करोडको हिनामिना देखिन्छ यहाँ ।’
साम्पाङले यस विषयमा छानबिन गर्न अख्तियारलाई दबाब दिन सबैलाई आग्रह पनि गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच