
काठमाडौं । सारंगी वादक एवं वरिष्ठ लोकगायक लालबहादुर गन्धर्वको निधन भएको छ । क्यान्सरबाट ग्रस्त उहाँको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो । लोकसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका उहाँका संगीत, लाइभ कर्खा र मंगल गीतहरूले नेपाली लोकसंगीतलाई नयाँ उचाइमा पुर्याएको थियो ।
‘पृथ्वीनारायण शाहको जीवनी, जंगबहादुरको सत्ता उत्थान, नब्बे सालको महाभूकम्प, विश्वयुद्ध, डाँफे चरी’ लगायतका अनेकन कर्खा, सवाई उहाँले रेडियो नेपालमा गाउनुभएको थियो । उहाँको गायन र सारंगी वादनले राष्ट्रियस्तरमा ख्याति कमाएका थिए ।
लालबहादुरको जन्म २००२ सालको वैशाख १४ गते सल्यानको बयलडाँडामा भएको थियो । नौ वर्षको उमेरदेखि सारंगी बजाउन थाल्नुभएका गन्धर्व लामो समयदेखि गोरखाको घ्याम्पेसालमा बस्दै आउनुभएको थियो ।
उहाँले २०११ सालबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएको थियो । विसं २०२२ सालमा राजा महेन्द्रका अगाडि भूमिसुधारको गीत गाएर रेडियो नेपालमार्फत् लोकसंगीतको क्षेत्रमा योगदान गर्न थाल्नुभएका गन्धर्वले नेपाली संगीतलाई बचाउन र प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । २०७६ सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ’ समेत भएको थियो । उहाँको निधनले लोकसंगीत क्षेत्रमा अपूरणीय क्षति पु¥याएको छ । लोकसंगीत क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका गन्धर्व समुदायका प्रमुख व्यक्तित्व उहाँको निधनसँगै नेपाली लोकसंगीतको एक युग समाप्त भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच