
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते तथा राष्ट्रिय बीमा संस्थानको संयुक्त आयोजनामा सीता धर्म आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री, स्कुल ब्याग, ट्र्याक सुट तथा खेलकुद सामग्री वितरण गरिएको छ ।
नुवाकोट जिल्ला तादी गाउँपालिका ६ चामोटस्थित सीता धर्म आधारभूत विद्यालयमा बाल विकास कक्षादेखि कक्षा आठसम्म अध्ययनरत एक सय चार बालबालिकालाई शुक्रबार उक्त सामग्री वितरण गरिएको माछापुच्छ्रे क्यापिटलले जनाएको छ ।
कार्यक्रममा माछापुच्छ्रे क्यापिटलका अध्यक्ष विश्वम्भर न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारको उपस्थिति थियो । स्थापनाको पाँचौं वार्षिकोत्सवका अवसरमा कम्पनीले माघ महिनाभरि रक्तदानलगायत वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थालाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवामा छुटलगायतका विविध कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच