
‘स्फुरणका भावकणहरू’ विकल त्यागीको गजलसङ्ग्रह हो । यो पुस्तक सानो र छरितो छ । डिएमआई साइजको यस पुस्तकमा भूमिकाखण्डमा ८ र पाठ्यखण्डमा ९६ गरी जम्मा १०४ पृष्ठ छन् र पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ । पहेँलो हलुका कागजको प्रयोग भएको पुस्तकको छपाइ स्तरीय छ तर पुस्तकमा केही अशुद्धि भेटिन्छन् । मोहन गुरुङ प्रकाशक रहेको पुस्तकको यो पहिलो संस्करण हो र यो पुस्तक २०८१ सालमा प्रकाशित भएको छ । सर्वाधिकार गजलकार त्यागीमै रहेको छ भने यो पुस्तक सुनगाभा अफसेट प्रेस प्रा.लि.मा मुद्रण भएको छ ।
पुस्तकको आवरण वसन्तराज अज्ञातले तयार पार्नुभएको छ । आवरण आकर्षक छ । माथि कालो र तल सेतो पृष्ठभूमिमा माथि पुस्तकको शीर्षक ‘स्फुरणका भावकणहरू’ भनेर राखिएको छ भने बीचमा मानवमनका स्फुरण भएको भावको प्रतिबिम्बन गरिएको जस्तो अमूर्त कला छ । तल सेतो पृष्ठभूमि रहेको स्थानमा गजलकार त्यागीको नाम उल्लेख भएको छ । पृष्ठावरणमा गजलकारको फोटोसहितको छोटो चिनारी दिइएको छ । जसअनुसार उहाँ ३०३४ साल पुस २५ गते रावाबेंसी गाउँपालिका दुबेकोल खोटाङमा जन्मनुभएको हो भन्ने जानकारी पाइन्छ ।
विकलका गजल सरल छन् र प्रायः सामाजिक जीवनमा आधारित छन् । गजल प्रेमप्रणयमा आधारित रहेर लेख्ने परम्परा हो तर पछिल्ला दिनमा राजनीति, प्रकृति चित्रण, व्यंग्य, मानवता, राष्ट्रियतालगायत विविध विषयमा लेख्ने गरिएको छ । विकलका गजलहरूमा पनि विविधता पाइन्छ ।
उहाँका यसपहिले अन्य दुईवटा पुस्तकहरू साँघुरो सुर्को (कवितासङ्ग्रह-२०७८) र आमआलाप (गीतसङ्ग्रह-२०७९) प्रकाशित भइसकेको जानकारी यहाँबाट प्राप्त हुन्छ । यही पृष्ठमा साहित्यकार तथा अन्तर्बोध साहित्यिक पत्रिकाका सम्पादक प्रकाशक होमशङ्कर बास्तोलाको यस पुस्तकबारे लेखिएको विचारसमेत प्रस्तुत भएको छ । पुस्तकको भूमिका खण्डमा सुरुमा ‘समर्पण’ राखिएको छ र त्यहाँ गजलकारले आफ्नी जीवन सँगिनीलाई यो पुस्तक समर्पण गर्नुभएको छ । त्यसपछि साहित्यकार ध्रुव मधिकर्मीको ‘विकल त्यागीको गजलसङ्ग्रह स्फुरणका भावकणहरू’ समावेश भएको छ । त्यसपछि गजलकार विकल त्यागीको ‘सङ्क्षिप्त सार’ र त्यसपछि गजलक्रम छ ।
पुस्तकमा ९४ वटा गजल छन् । गजल एउटा निश्चित आकार प्रकार र सीमाभित्र रहेर लेखिने भएका कारण कविता जस्तो कुनै लामा र कुनै छोटा हुँदैनन् । त्यस अर्थमा सबै गजल एउटै पृष्ठमा अटेका छन् । सामान्यतया गजलमा शीर्षक राख्ने गरिँदैन तर हालका दिनमा शीर्षक राखेर गजल लेख्ने प्रवृत्ति विकास भएको छ । विकलले पनि सबै गजलमा शीर्षक दिनुभएको छ । शीर्षक दुई शब्ददेखि पाँच शब्दसम्मका छन् । यस पुस्तकमा समेटिएका गजलहरू चार शेर, पाँच शेर र केही गजल ६ शेरसम्मका छन् । एक-दुईवटा गजल सात, आठ र नौ शेरसम्मका पनि छन् तर ती थोरै संख्यामा छन् ।
गजल नेपालीमा उर्दुबाट हिन्दी हुँदै आएको विधा मानिन्छ । नेपालीमा सुरुमा मोतीराम भट्टले गजल लेखेका थिए भने त्यसपछि लामो समयको रिक्ततालाई चिर्दै भीमनिधि तिवारीले गजल लेखेका थिए । त्यसपछि पनि केही समय गजल लेखनमा रिक्तता कायम रहृयो तर त्यो रिक्ततालाई चिर्ने काम पछिल्लो चरणमा धेरै साहित्यकाले गरे । ज्ञानुवाकर पौडेल, विनय रावल, वियोगी बुढाथोकीहरूका साथै त्यसपछि असङ्ख्य नामहरू नेपाली गजल लेखनमा जोडिन आएका छन् । यस विधामा विद्यावारिधि गर्नेहरू पनि छन् । पहिले-पहिले बिनाबहरका गजलहरू लेख्ने गरिएकोमा पछिल्लो समयमा बहरबिनाका गजल अस्वीकृत मानिन थालेको छ । यो गेय विधा पनि हो ।
गजल लेख्नेमात्र होइन वाचन र गायनसमेत हुनेगर्छ । सामान्यतया पाँच शेरका गजल आकारका आधारमा स्तरीय मानिन्छन् । यस पुस्तकमा गजलकार विकलबाट यो प्रयास भएको छ तर सबैमा समानता छैन । विकलका गजल सरल छन् र प्रायः सामाजिक जीवनमा आधाररित छन् । गजल प्रेमप्रणयमा आधारित रहेर लेख्ने परम्परा हो तर पछिल्ला दिनमा राजनीति, प्रकृति चित्रण, व्यंग्य, मानवता, राष्ट्रियतालगायत विविध विषयमा लेख्ने गरिएको छ । विकलका गजलहरूमा पनि विविधता पाइन्छ । यो प्रयास राम्रो छ तर यति हुँदाहुँदै गजलकार विकल त्यागीले आफ्नो गजल लेखनमा परिपक्वता कायम गर्नुपर्ने र लेखनमा परिष्कार गर्नुपर्ने आवश्यता देखिन्छ । पुस्तकका लागि विकललाई बधाई छ । अन्य पुस्तकका लागि पनि शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच