
उदयपुर । नेपाल प्याराग्लाडिङ तथा हृयाङग्लाडिङ संघ उदयपुरको अध्यक्षमा ईश्वरमान राई चयन हुनुभएको छ । शुक्रबार गाईघाटमा आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मा साम्पाङ नेतृत्वमा गठित ११ सदस्यीय जिल्ला समिति गठन भएको जानकारी दिइएको हो ।
नेपाल प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष भुपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा निर्वाचन समिति संयोजक जीवनी बान्तवाले नवगठित जिल्ला समितिको घोषणा गर्नुभएको थियो ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा सुजन राई, सचिवमा जितेन्द्र राई, सहसचिवमा शिला राई, कोषाध्यक्षमा सुनिता रेग्मी राई चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, सदस्यमा भुपाल राउत, करिना राई, ईश्वर मगर, सन्तोष कार्की र अमिन राई चयन हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच