
एजेन्सी । इंग्ल्याण्डविरुद्ध पहिलो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । नागपुरमा बिहीबार राति भएको खेलमा भारत चार विकेटले विजयी भएको हो । जितका लागि २४९ रनको लक्ष्य पछ्याएको भारतले ३८ ओभर चार बलमा ६ विकेट गुमाएर भेट्टाएको थियो । भारतका शुभमन गिल, अक्षर पटेल र श्रेयस अय्यरले अर्धशतक बनाउनुभयो । गिलले सर्वाधिक ८७ रन जोडनुभएको थियो । इंग्ल्याण्डका सकिब मोहम्मद, आदिल राशिदले समान दुई तथा जोफ्रा आर्चर र जोकेब बेथहेलले समान एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्ड ४७ ओभर चार बलमा २४८ रनमा अलआउट भएको थियो । उसका कप्तान जस बटलरले सर्वाधिक ५२ रन बनाउनुभएको थियो । भारतका हर्षित राणा, रविन्द्र जडेजाले समान तीन तथा कुलदीप यादव, मोहम्मद सामी र अक्षर पटेलले समान एक विकेट लिनुभएको थियो । जितसँगै भारतले तीन खेलको शंखृलामा एक-शून्यको अग्रता बनाएको छ ।
दुई देशबीचको दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ । यसअघि भएको पाँच खेलको टी-२० शृखंला भारतले चार-एकले जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच