
एजेन्स । पाकिस्तानी फुटबल फेडेरेसन (पिएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएको छ । फिफाले बिहीबार तत्काल लागू हुनेगरी पिएफएफमाथि प्रतिबन्ध लगाएको हो ।
पीएफएफले संशोधित विधानअनुरूप काम गर्न नसकेपछि प्रतिबन्धन लगाइएको फिफाले जनाएको छ । ‘निष्पक्ष र लोकतान्त्रिक निर्वाचन सुनिश्चित गर्ने र फिफाले तोकेको दायित्व पूरा गर्ने संविधानको संशोधनलाई अवलम्बन गर्न असफल भएका कारण पीएफएफलाई तत्कालै लागू हुनेगरी निलम्बन गरिएको छ’, फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पीएफएफ फिफाको प्रतिबन्धमा परेको यो तेस्रोपटक हो । यसअघि, फिफाले सन् २०१७ को अक्टोबर १० मा पीएफएफलाई पहिलोपटक अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध गरेको थियो । त्यसबेला फिफाले संघमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । जुन सन् २०१८ को मार्च १३ मा फुकुवा भएको थियो ।
सन् २०२१ मा फिफाले पुनः पाकिस्तान फुटबल फेडेरेसनलाई अन्तर्राष्ट्रिय फुटबलबाट निलम्बन गर्यो । जतिबेला फेडेरेसनको कार्यालयलाई पूर्वअध्यक्ष सयेद अस्फाक साहको समूहले नियन्त्रणमा लिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच